काठमाडौं। सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग नियमित संवाद सुनिश्चित गर्न उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हालाई समितिको संयोजक तोक्ने निर्णय गरेको छ। समितिमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन्।
समितिको प्रमुख उद्देश्य निर्वाचन वातावरण निर्माण गर्दै दलहरूसँग सम्वादमार्फत सहज निर्वाचन सम्पन्न गराउनु रहेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री खरेलले बताए।
यस बैठकले भारतबाट र नेपालबाट नेपाल(भारत सीमाबाट उच्च मूल्यका नोट ल्याउन र लैजान सकिने सीमा समेत २५ हजार रुपैयाँ प्रतिव्यक्ति कायम गर्न निर्णय गरेको जानकारी प्रवक्ता खरेलले दिएका छन्।




