देश

एमाले अध्यक्ष पदमा ओलीको दाबी औपचारिक, तेस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता

काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि केपी शर्मा ओलीले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएपछि सोमबार ओली स्वयं महाधिवेशनस्थल भृकुटीमण्डप पुगेर निर्वाचन प्रक्रियामा सहभागी भएका हुन्।

यससँगै एमाले नेतृत्व चयन प्रक्रिया थप औपचारिक चरणमा प्रवेश गरेको छ। वर्तमान अध्यक्ष ओलीले पार्टी नेतृत्वमा तेस्रो कार्यकालका लागि उम्मेदवारी दिएका छन्।

महाधिवेशनस्थलमा उम्मेदवारी दर्ता प्रक्रिया अघि बढिरहँदा अध्यक्ष पदमा ओली र पोखरेलबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने निश्चित भएको छ। दुवै नेताले प्यानलसहित चुनावी मैदानमा उत्रिएपछि एमालेको ११औँ महाधिवेशन नेतृत्व चयनको निर्णायक मोडमा पुगेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *