राजनीति

एमाले नेतृत्व चयनको औपचारिक प्रक्रिया अघि बढ्यो, मनोनयन फाराम वितरण सुरु

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु भएको छ । भक्तपुरको सल्लाघारीमा उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सम्पन्न भएपछि पार्टी निर्वाचनमा प्रवेश गरेको हो ।

महाधिवेशन स्थलमा आज उम्मेदवारहरूका लागि मनोनयन ९उम्मेदवारी० फाराम वितरण सुरु गरिएको निर्वाचन समितिले जनाएको छ । कार्यतालिकाअनुसार उम्मेदवारहरूले दिउँसो १ः३० बजेसम्म दरखास्त फाराम दर्ता गर्न सक्नेछन् ।

दरखास्त दर्ता सकिएपछि दिउँसो २ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ । प्रारम्भिक सूचीप्रति असन्तुष्टि जनाउने उम्मेदवार वा प्रतिनिधिका लागि दिउँसो २ः३० देखि ३ः०० बजेसम्म उजुरी दिने समय तोकिएको छ ।

उजुरीमाथि आवश्यक छानबिन र निर्णयपछि आजै साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी छ । अन्तिम नामावली सार्वजनिक भएसँगै नयाँ नेतृत्व चयनका लागि पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ ।

एमाले महाधिवेशनबाट आगामी पाँच वर्षका लागि नयाँ कार्यसमिति चयन हुने भएकाले निर्वाचन प्रक्रियालाई प्रतिनिधिहरूले चासोका साथ पछ्याइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *