राजनीति

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी मुख्यालयमा बैठक बस्ने गरी पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई बोलाइएको छ। बैठक बोलाइएको जानकारी पार्टीका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले दिएका हुन्।

बैठकको एजेन्डा महाधिवेशन तालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाबाट भएका उम्मेदवार सिफारिस लगायतका विषयमा केन्द्रित हुने बताइएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *