देश

एमालेको विधान संशोधन, पदाधिकारीको संख्या बढाइयो

काठमाडौं । नेकपा एमालेले विधान संशोधन गर्दै केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाएको छ ।

केन्द्रीय कमिटीको आइतबार बसेको बैठकले पदाधिकारीको संख्या १९ बनाएको छ । जस अनुसार एक अध्यक्ष, पाँच उपाध्याक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ जना सचिव हुने भएका छन् । त्यस्तै केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाइएको छ ।

गत भदौमा सम्पन्न एमालेको विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ र केन्द्रीय कमिटीको संख्या २५१ तय गरेको थियो । तर अहिले आकांक्षी धेरै देखिएपछि नेताहरुको व्यवस्थापनका लागि केन्द्रीय सदस्य र पदाधिकारीको संख्या बढाइएको हो । अब बन्दसत्रले यो निर्णयलाई अनुमोदन गरेपछि नयाँ नेतृत्वको चयन प्रक्रिया अगाडी बढ्ने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *