देश

सभापति देउवा डडेल्धुराबाट सर्वसम्मत एकल सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट फागुन २१ को निर्वाचनका लागि एकल शिफारिस भएका छन् ।

कांग्रेस डडेल्धुराको बिहीबार बसेको पार्टी बैठकले देउवाको नाम एकल सिफारिस गरेको हो । जिल्ला सभापति भीमबहादुर साउदका अनुसार देउवाको नाम प्रदेश समितिमा सिफारिस गरिएको छ । देउवाले यसअघि नै जिल्लाका नेताहरूसँग आफु अन्तिम पटक चुनाव लड्ने बताएका थिए ।

देउवा यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालका सबै निर्वाचनमा डडेल्धुराबाटै विजयी हुँदै आएका छन् ।

डडेल्धुराबाट समानुपातिकतर्फ नरभान कामी र मानकुमारी थापाको नाम सिफारिस गरिएको छ । त्यस्तै राष्ट्रिय सभाका लागि भीमबहादुर साउद र रघुवर भट्टलाई सिफारिस गरिएको छ ।

कांग्रेसले केन्द्रबाट फागुन २१ मा हुने निर्वाचनका लागि उय्म्मेद्वर सिफारिस गर्न दिएको निर्देशन अनुसार धमाधम उम्मेदवार सिफारिस भइरहेको छ ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *