देश

तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारसि गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई निर्देशन दिएको छ ।

काँग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले विहिबार पार्टीको मङ्सिर १५ र १७ गतेको परिपत्र अनुसार तोकिएको मापदण्ड र तोकिएको संख्यामा उम्मेदवार सिफारिस गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई ध्यानाकर्षण गराएका छन् ।

केन्द्रको निर्देशन अनुसार अहिले काँग्रेसमा फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ धमाधम उम्मेदवार सिफारिस भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *