देश

राजेन्द्र कुमार पौडेल सचिवमा बढुवा

काठमाडौं । सरकारले सहसचिव राजेन्द्र कुमार पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा समूहको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।

पौडेल हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको रूपमा कार्यरत थिए। यस बढुवाले प्रशासनिक नेतृत्वमा उनको भूमिकालाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *