काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ दलका संरक्षक तथा अभियन्ता दुर्गा प्रसाईंबीच औपचारिक भेटवार्ता प्रारम्भ भएको छ।
सरकारसमक्ष प्रस्तुत गरिएका २७ बुँदे मागका मुख्य विषयहरूलाई केन्द्रमा राखेर प्रधानमन्त्री निवासमा दुवै पक्षबीच विस्तृत छलफल भइरहेको जनाइएको छ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंसँगको यो संवादलाई वर्तमान राजनीतिक रूपमा संवेदनशील अवस्थाबीचको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
यो भेटवार्ताले पछिल्लो समय देखिएको राजनीतिक तनावपूर्ण परिस्थितिमा संवादमार्फत समाधानको संकेत दिन सक्ने अपेक्षा गरिएको छ।




