काठमाडौं। गृह मन्त्रालयले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीदको सूचीमा समावेश गर्दै जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार गरेको छ।
मन्त्रालयको कार्यालय व्यवस्थापन तथा जिन्सी शाखाले सूचना जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयमा मृतकहरूको नामावली राख्न परिपत्र गरेको हो।
परिपत्रमा तीन दिनभित्र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा सूची राख्न निर्देशन दिइएको छ। आइतबार गृहमन्त्रीस्तरीय निर्णयको आधारमा शाखाका अधिकृत पदमबहादुर खत्रीले परिपत्र जारी गर्दै सो कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएका हुन्।




