मधेश प्रदेश

मधेस प्रदेशमा मन्त्रीमण्डल विस्तार, तीन मन्त्रीको शपथ सम्पन्न

काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै तीन नयाँ सदस्यलाई समावेश गरेका छन्। नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) बाट समानुपातिक सहभागिता दिलाउँदै उनले सरकारलाई पूर्णता दिने प्रक्रिया अघि बढाएका हुन्।

विस्तारित मन्त्रीमण्डलमा जनमत पार्टीका महेश यादव अर्थ मन्त्री बनेका छन्। त्यस्तै, कांग्रेसका जंगीलाल राय र एकीकृत समाजवादीका कनिष पटेललाई विना विभागीय मन्त्रीका रूपमा जिम्मेवारी दिइएको छ।

नवनियुक्त तीनै मन्त्रीलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शपथ गराएपछि मधेस प्रदेश सरकारको नयाँ कार्यदिशा औपचारिक रूपमा प्रारम्भ भएको छ।

591833605_1788638645171448_5666046935713254808_n

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *