काठमाडौं । पछिल्लो राजनीतिक परिवेशलाई मध्यनजर गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो महाराजगञ्जस्थित देउवा निवास पुगेका छन्।
दुवै नेताबीच जारी भेटवार्तामा हाल उत्पन्न राजनीतिक अवस्था तथा आगामी कदमबारे व्यापक छलफल भइरहेको देउवा र ओली पक्षका सचिवालय सदस्यहरूले बताए। भदौ २३ र २४ मा भएका जेनजी आन्दोलनपछि दुबै शीर्ष नेताबीच प्रत्यक्ष रूपमा भएको यो पहिलो भेटवार्ता हो, जसले राजनीतिक सम्योजनका सम्भावनाबारे नयाँ बहस सुरु गरेको छ।




