देश

मधेशमा सात दलको सहमति : कांग्रेसका कृष्णप्रसाद यादव नयाँ मुख्यमन्त्री बन्ने

काठमाडौं । मधेश प्रदेशमा सरकार गठनका लागि भएको सात दलीय परामर्शले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेको छ। आज बिहानैदेखि चलेको बैठकपछि यादवको नाममा सबै दल एकमत भएपछि गठबन्धनका प्रदेश सांसदहरूले सहमति पत्रमा हस्ताक्षर गर्ने काम जारी रहेको एक सांसदले जानकारी दिएका छन्।

नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता रहेका यादवलाई सात दलको समर्थन जुटेसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *