काठमाडौं । नेपालका लागि जापानका राजदूत मायदा तोरूले प्रधानमन्त्री सुशीला कार्कीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा नेपाल–जापान सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा दुई देशबीचका विविध पक्षहरूमा छलफल भएको थियो।
राजदूत तोरूले सरकारले समयमै चुनाव सम्पन्न गर्ने सङ्कल्पको प्रशंसा गर्दै आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको दोहो¥याएका छन्। प्रधानमन्त्री कार्कीले जापानले नेपालमा विकास र अन्य विविध क्षेत्रमा पुर्याउँदै आएको सहयोगको धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि दुई देशबीचको मित्रता र सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिन्।




