देश

राप्रपाको निष्कासनपछि मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सदस्य कञ्चन बिच्छालाई निष्कासन गरेसँगै उनी मधेश प्रदेशसभा सांसदको पदबाट पदमुक्त भएकी छन्। मधेश प्रदेशसभाले आज औपचारिक सूचना जारी गर्दै बिच्छाको सांसद पद समाप्त भएको जानकारी गराएको हो।

पार्टीको नीतिविपरीत अनुशासन उल्लंघन गरेको भन्दै राप्रपाको १२ गते बसेको बैठकले उनलाई हटाउने निर्णय गरेको थियो। उनी समानुपातिक सांसद हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *