काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र नेतृत्व प्रतिस्पर्धाको ताप तीव्र बन्दै गएको छ। पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने केन्द्रीय कार्यसमिति बैठकको सर्वसम्मत निर्णयसँगै संभावित सभापति उम्मेदवारहरू खुला रूपमा मैदानमा उत्रिन थालेका छन्।
यसपटक पार्टी विधानअनुसार वर्तमान सभापति शेरबहादुर देउवा पुनः उम्मेदवार बन्न नपाउने भएकाले कांग्रेस शीर्ष नेतृत्वमा ‘पूर्ण पीढीगत प्रतिस्पर्धा’ देखिन लागेको छ। देउवा लगातार दुई कार्यकाल (१३औँ र १४औँ महाधिवेशन) सभापति भएका थिए।
डा. शेखर कोइराला : अग्रिम अभियान र उच्च चर्चा
सभापतिको दौडमा अहिले सबैभन्दा बलियो चर्चा डा. शेखर कोइरालाको छ। उनी १५औँ महाधिवेशनका लागि उमेदवारी घोषणा गर्ने पहिलो नेता बने—एक वर्षअघि नै धनगढीमा आयोजित कार्यक्रममा आफू “स्वाभाविक उम्मेदवार” भएको बताएका थिए। यस्तै उनले सामाजिक संजालहरुमा समेत अन्तर्वातका क्रम टिभी,फेसबुकहरुमार्फ आगामी महाधिवेशनको उम्मेदवारी घोषणा गरिसकेका छन् । १४औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धामा पराजित भए पनि डा. कोइरालाले कोइराला १,८५५ मत पाएका थिए, भने सभापति देउवाले २,७३३ मत पाएका थिए । यो अंकले उनलाई अहिले मजबुत दाबेदारका रूपमा उभ्याएको छ। उनका निकटस्थ प्रा.डा. गोविन्दराज पोखरेल भन्छन्—“१४औँ महाधिवेशनको टिममा डा। शेखर निर्विकल्प उम्मेदवार हुन्।”डा. कोइरालाले कांग्रेसको महाधिवशेन टुङग्याउने विषयमा महामन्त्री थापा र शर्माले निकालेको विवाद सुल्झाउन समेत निकै महत्वपूर्ण भूमिका खेले । उनले नियमित महाधिवेशनको पक्षमा सधैँ बोलि रहे । अर्को कुरा कांग्रेसमा पाटीभित्रको कुटलाई फालेर गुटरहित र एकताको कांग्रेस बनाउने अभियानमा छन् । सभापति देउवाले पनि सोही कुरा बताउँदै आएका छन् ।
कल्याण गुरुङ : पुनः प्रतिस्पर्धाको तयारी
नेपाली कांग्रेसभित्र केन्द्रिय सदस्यको रुपमा रहेका बौद्धिक नेता कल्याण गुरुङ १४औँ महाधिवेशनमा जम्मा २२ मत मात्र पाएका थिए । तर असफलताले नै सफलताको शिखरमा पु्¥याउने आशा बोकका उनले यसपालि “प्यानलसहित” सभापति दौडमा उत्रिने घोषणा गरेका छन्। गुरुङ दोस्रो चरणमा देउवालाई समर्थन गर्ने नेतृत्व हुन्, तर यसपटक आफ्नो ‘स्वतन्त्र राजनीतिक प्राथमिकता’ बनाउँदै तीव्र गृहकार्यमा छन्।
- एक उम्मेदवार’ खोज्दै सात वरिष्ठ
-
विमलेन्द्र निधि
-
विजयकुमार गच्छदार
-
गोपालमान श्रेष्ठ
-
कृष्णप्रसाद सिटौला
-
प्रकाशमान सिंह
-
डा. शशांक कोइराला
-
डा. प्रकाशशरण महत
यी सबैले संस्थापन पक्षबाट ‘एकीकृत साझा उम्मेदवार’ अघि सार्ने प्रयास गरिरहेका छन्। तर,निधि,सिंह,सिटौला,शशांक यी चार जनाले खुल्ला आकाङ्क्षा राखेकाले सहमतिको नाम निकाल्न कठिनाइ बढिरहेको छ। श्रेष्ठले त आफू “देउवापछिको सबैभन्दा सिनियर नेता” भएकाले साथ पाउँदा पछि नहट्ने घोषणा गरिसकेका छन्। गच्छदार र महतले औपचारिक आकाङ्क्षा घोषणा नगरे पनि समूहभित्रको समीकरणले उनीहरूलाई पनि विकल्पका रूपमा उभ्याएको छ।
निधि भन्छन्— “हामी सात जनामध्ये एक जनालाई सभापतिको उम्मेदवार बनाउने प्रयास गरिरहेका छौँ। संस्थापन समूहबाटै सहमतिमा एक व्यक्ति निकाल्नुपर्ने विषयमा छलफल जारी छ।” कार्यक्षमता भएकाे नेतृत्व चाहिएको संस्थापन समूहमाः पूर्णबहादुर खड्का ‘सबैभन्दा स्वाभाविक विकल्प’
गत असोज २८ गते देउवाले खड्कालाई कार्यवाहक सभापति बनाएका थिए। महाधिवेशनको मिति घोषणा गर्ने केन्द्रीय समिति बैठकको संयोजन तथा सहमति प्रक्रियामा खड्काको प्रभाव बढेपछि उनी संस्थापन पक्षबाट ‘पहिलो दाबेदार’ मानिएका छन्। खड्काले नजिकका नेताहरूसँग सभापतिमा उम्मेदवारी दिने इच्छा पोखिसकेका छन्। केन्द्रीय सदस्य रामहरि खतिवडाको भनाइअनुसार— “उहाँले सभापतिमा उम्मेदवारी दिने बताएका छन्, चाँडै औपचारिक घोषणा हुन्छ।”
- तर सबैको ध्यान भने एकैतर्फ छ—देउवाको आशीर्वाद कुन नेतातर्फ जानेछ ?
- गगन थापा : नयाँ पुस्ताको सम्भावित प्रतिनिधि
महामन्त्री गगन थापाले पनि सभापति लड्ने संकेत सार्वजनिक रूपमा दिइसकेका छन्। अहिलेको कांग्रेसभित्र युवा पुस्ताको प्रतिनिधि मानिएका थापाले—सुशासन,संगठनात्मक सुधार र वैचारिक स्पष्टतामाथि जोर दिएर महाधिवेशन पूर्वै अभियानलाई तीव्र बनाइरहेका छन्। महामन्त्री थापा समयअनुकुल फेरबदल हुने भएकाले उनलाई अवसरवादी नेताका रुपमा समेत टिप्पणी गरिएको छ । सामाजिक संजालदेखि विभिन्न कार्यक्रमहरुमा उनले दिने गरेका अभिव्यक्तिका कारण थापा जति चर्चामा छन्,उती नै विवादित पनि छन् । तर महामन्त्रीको बौद्धिक क्षमता सामान्य भने छैन् । - नेतृत्व प्रतिस्पर्धाबाट कांग्रेसमा नयाँ ऊर्जा :
१५औँ महाधिवेशन कांग्रेसका लागि सामान्य नेतृत्व चयन मात्र होइन—पार्टीको भविष्य दिशा निर्धारण पनि हो । देउवा पश्चात् नेतृत्व पंक्तिको पुनर्संरचना , नीति तथा संरचनागत सुधार,युवा–जेष्ठ आधारको सन्तुलन मिलाउन सक्ने नेतृत्व चाहिएको छ । डा. शेखर कोइरालाको सक्रिय प्रारम्भिक अभियान, खड्काको संस्थापन समर्थन, गगन थापाको युवा आकर्षण, सात पूर्वपदाधिकारीको ‘गम्भीर रणनीति’ र कल्याण गुरुङको पुनः चुनौती—यी सबैले १५औँ महाधिवेशनलाई कांग्रेस इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक र रोचक नेतृत्व द्वन्द्व बनाइरहेको छ। आगामी केही सप्ताहमै उम्मेदवारहरूको औपचारिक घोषणा सुरु हुने भएकाले कांग्रेस नेतृत्वको ‘अन्तिम समीकरण’ अझै रोमाञ्चक बन्ने देखिन्छ।
आपतकालीन समयमा दुर दृष्टि राख्न सक्ने नेतृतवको खाँचो कांग्रेसभित्र छ। केही महिनाअघि भदौ २३ र २४ गते देशको राजधानीदेखि देशभरी जेनजीको नाममा विभिन्न अपराधिक क्रियाकलाप घटे । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवामाथि अमानवीय हमला भयो । तर त्यो समयमा नेतृत्व आपसमा छलफलमा जुट्न सकेन् आन्दोलनको केही दिनअघि नै सुत्र बुझ्न सकेन् ,सहकार्य र भविष्य हेर्न सकेन् । कांग्रेसमाथि मात्र होइन्, देश नै संकटमा परेको बेला पार्टीभित्र आन्तरिक द्वन्द्व निकालियो । कतिले कांग्रेस सभापति देउमाथि भएको कुटपिटमा मिडियामा प्ुगेर ताली बजाए । लामो समयसम्म निर्णयबिहीन बन्यो कांग्रेस्। त्यसैले अबको नेतृत्व छनोटमा कांग्रेस पार्टीका नेता तथा कार्यकताहरुले र सभापतिले अहम भूमिकामा रहेर नेतृत्व छनोट गर्नुपर्ने आवाज बाहिर सार्वजनिक हुन थालेका छन् ।




