राजनीति

भक्तपुरमा ‘ओली कुटी ’को राधिका शाक्यद्धारा शिलान्यास, चाँडै नयाँ निवास सम्पन्न हुने अपेक्षा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरमा नयाँ निवास निर्माणको काम सुरु भएको छ।

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले भदौ २४ गते बालकोटस्थित निवासमा आगजनी गरेपछि ओली हाल भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् । अब उनीका लागि स्थायी निवास निर्माणको प्रक्रिया अघि बढाइएको छ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार, ओली निवासको निर्माणमा सीमित संख्याका सहयोगीहरूबाट आर्थिक सहयोग संकलन गरिएको छ। निर्माण कार्यको आज शिलान्यास ओलीकी पत्नी राधिका शाक्यले गरेकी हुन् । नेता बस्नेतका अनुसार निवास निर्माणको सम्पूर्ण प्रक्रिया उनी नै अगुवाइ गरिरहेका छन्।

बस्नेतका अनुसार गुण्डुवासीले दिएको जग्गामा कुटी निर्माण हुन लागेको हो ।अहिले ओली बस्दै आएको घर नजिकै करिब एक रोपनी क्षेत्रफलमा ‘ओली कुटी’ निर्माण हुन लागेको हो । नयाँ भवनमा बैठक कक्षहरू र पुस्तकालय हुनेछ ।
नयाँ भवनमा ग्रीनहाउस र कौसीखेती गर्ने सुविधा पनि हुनेछ

 

जेनजी आन्दोलपछि नेकपा एमालेलाई उठाउन र देशवासीमा विश्वास कायम गराउन सफल नेता बस्नेतका रुपमा परिचित छन् । सो आन्दोलनले नेताहरुको निवास जलाएपछि घरबिहीन भएका एमाले अध्यक्ष नेतालाई ओली कुटी बनाएर संरक्षणमा राख्ने भन्दै महेश वस्नेतले पहिलोपटक मुख खोलका थिए । नेता बस्नेतको आँट हिम्मत र विचारमाथि नेकपा एमालेका नेता तथा कार्यकताहरुले समर्थन जनाइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *