राजनीति

प्रधानमन्त्री कार्कीको पहलः सर्वपक्षीय बैठक मार्फत आगामी निर्वाचन तयारीको समीक्षा गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन तयारी र सम्बन्धित विषयमा छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेकी छन्। बैठक शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ।

प्रधानमन्त्री कार्कीको पहलमा आयोजना हुन लागेको बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै तयारीको समीक्षा गरिनेछ।

बैठकमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारका प्रतिनिधिहरू सहभागी हुनेछन्। एक नेताका अनुसार, “प्रधानमन्त्रीको सचिवालयबाट हामीलाई सर्वपक्षीय छलफलमा बोलाइएको छ। कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपा सबैलाई यसमा सहभागी गराइएको छ।”

प्रधानमन्त्री कार्कीले यस प्रकारको सर्वपक्षीय बैठक पहिलो पटक आह्वान गरेकी हुन्, जसले आगामी निर्वाचन तयारीमा पारदर्शिता र सबै दलबीच समन्वय सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *