देश

नलिञ्चोकमा हेलिपोर्ट प्रकरण : क्यान महानिर्देशक अधिकारीसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा,साँढे तेह्र करोड बिगो दाबी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित सात जनाविरुद्ध नलिन्चोक हेलिकप्टर प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारीका साथै निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, विजय थापा, गुरुदत्त अधिकारी र एक इन्जिनियरिङ कन्सल्टेन्सीविरुद्ध मुद्दा दायर गरेको हो।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रतिवादीहरूविरुद्ध प्रतिव्यक्ति १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७६ पैसा बिगो दाबी गरिएको छ। उक्त मुद्दा भक्तपुरस्थित नलिन्चोक हेलिकप्टर निर्माण तथा खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा दायर गरिएको अख्तियारले जनाएको छ। अदालतले अब मुद्दाको दर्ता प्रक्रिया अघि बढाएपछि प्रारम्भिक सुनुवाइ हुने छ।

can report base on akhtiyar

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *