काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा लिइएको छ । अधिकारीसहित क्यानका पूर्वमहानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ।
उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। अख्तियारले अहिले उनीहरूलाई म्याद थपका लागि विशेष अदालतमा प्रस्तुत गरेको छ।
संसद्को सार्वजनिक लेखा समितिले पोखरा विमानस्थलको सम्भाव्यता अध्ययनदेखि निर्माणसम्मको काममा संलग्न उच्च अधिकारीहरूलाई अनुसन्धान गर्न उपसमितिले सिफारिस गरेको थियो। समितिले तत्काल प्रदीप अधिकारीको निलम्बन गर्न पनि सिफारिस गरेको छ।




