राजनीति

जेनजी आन्दोलनपछि भत्किएको मुख्यालय निर्माणका लागि कांग्रेसको ‘आर्थिक अभियान’ सुरू

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको ललितपुर सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुनर्निर्माणका आर्थिक संकलन अभियान सुरू गरेको छ। पार्टीले संरचना, जनप्रतिनिधि र संगठनका सबै तहलाई अनिवार्य कोटा तोकेर सहयोग रकम बुझाउन पत्राचार गरेको छ।

‘पुनर्निर्माण हाम्रो सामूहिक जिम्मेवारी’ — कांग्रेस

कोषाध्यक्ष उमेश श्रेष्ठ र मुख्य सचिव कृष्णप्रसाद पौडेलको संयुक्त हस्ताक्षरमा जारी परिपत्रमा भनिएको छ—“चुनौतीपूर्ण परिस्थितिमा कांग्रेस मुख्यालय पुनर्निर्माण हाम्रो साझा दायित्व हो। यसका लागि सबैको आत्मीय सहभागिता र आर्थिक सहयोग अपरिहार्य छ।”

कांग्रेसले ६ वटा मातहतका कार्यसमिति, महाधिवेशन प्रतिनिधि, क्रियाशील सदस्य, प्रदेश–जिल्ला संरचना र स्थानीय तहका जनप्रतिनिधिसम्म सबैलाई सहभागी गराउँदै आर्थिक संकलनको औपचारिक प्रक्रिया सुरू गरेको छ।

प्रदेश र जिल्लामा पाँच–पाँच सदस्यीय समिति

आर्थिक संकलन सहज बनाउन कांग्रेसले प्रदेश र जिल्लामा छुट्टाछुट्टै पाँच सदस्यीय समिति गठन गर्न निर्देशन दिएको छ।

कांग्रेसको पुनर्निर्माण अभियान केवल भवन उठाउने कार्य मात्र होइन, आन्दोलनले पारेको राजनीतिक–संगठनात्मक धक्कालाई व्यवस्थापन गर्ने प्रयास पनि मानिएको छ। अब यो संकलन कति प्रभावकारी हुन्छ, र पार्टीले वाचा गरेको पारदर्शिता कत्तिको पालन गर्छ—यसले कांग्रेसको संगठनात्मक विश्वसनीयतामा सीधा प्रभाव पार्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *