काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन कहिले गर्ने ,नियमित कि विशेष भन्ने विषयमा असोज २८ गतेदेखि पार्टीभित्र निकै गहिरो छलफल र विवाद भयो । कांग्रेस संस्थापन पक्षले तीन महिनाअघि नै नियमित महाधिवेशन पौषको अन्तिम साता गर्ने प्रस्ताव राखेको थियो । का.वा सभापति पूर्णबहादुर खड्काले पनि सभापति देउवा उपचारका लागि सिंगापुर गएको बेला सोही प्रस्ताव संस्थापनइतर समुहसामु राखेका थिए ।
तर संस्थापनइतर समुहले सो प्रस्ताव खारेज गर्दै आफुले भनेको समयमा विशेष महाधिवेशन गर्नुपर्ने भन्दै पार्टीभित्र विवाद झिके । सभापति देउवाले का.वा सभापति खड्कालाई मंसिरभित्रै महाधिवेशन सक्न निर्देशन दिएका थिए । महामन्त्री थापा र शर्मा समुहले विभिन्न बहाना बनाउँदै पार्टीमा विवाद झिकेपछि मंसिरमै महाधिवेशन असंभव भयो । सो विवाद नलम्एिको भए यतिवेला कांग्रेसको १५ औँ महाधिवेशन सकिन्थ्यो । असोज २८ गतेदेखि निस्किएको विवाद समाधान नभएपछि सभापति देउवा सिंगापुरबाट स्वदेश फर्के । स्वदेश फर्के लगतै सभापति देउवाले पार्टीभित्र उठेका विषय ,समसामयिक राजनीतिक घटनाक्रमबारेआन्तरिक छलफल गरे । सोही छलफलपछि सोमबार सभापति देउवाको संक्रियतामा महाधिवेशनको तालिका सार्वजनिक भयो । का.वा सभापति खड्काले कांग्रेसभित्र महाधिवेशन विवाद अन्त्य गर्दै नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गराउन सफल भए । युवापुस्ता भएकै कारण संस्थापन पक्षलाई पेल्न सकिने आन्तरिक रणनीतिमा लागेका थापा र शर्मापक्ष अहिले पनि सभापति देउवाले निकालेको महाधिवेशन कार्यतालिकाप्रति विषयमा आलोचना गर्न अग्र गतिमा लागेका छन् ।
विगतमा पनि महामन्त्री शर्मा र थापाले नै पार्टीभित्र विभिन्न आलोचनात्मक कुरा गरेर पार्टीभित्र विवाद थपे ।सोही कारण निर्वाचनको समय आइपुग्दा समेत महाधिवेशन सम्पन्न हुन सकेन् । समयमा नै कसरी निर्वाचन सक्ने,समयलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा छलफल गर्नुको सट्टा पुनः समय थप गरेर कांग्रेभित्र खेल्ने लाइनमा कांग्रेसका दुई महान्त्री रहेको टिप्पणी भइरहेको छ ।
कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई प्रष्टै थाहा छ , महामन्त्रीहरुले क्रियासिल सदस्यता समयमा गराउन नसक्दा पार्टीभित्र महाधिवेशनबारे कुरा लम्बिएको हो । उनीहरुका अनुसार समयलाई सदुपयोग गरेर उत्साही भएर अघि बढ्न सकेको अवस्थामा मात्र निर्धारित समयमा महाधिवेशन शान्तिपूर्ण हुन्छ । थापाले र शर्माले झैँ सबैले एकपछि अर्को असन्तुष्टि देखाउँदै काम गर्नबाट पछि हट्ने हो भने कसरी कांग्रेसलाई बलियो बनाउन सकिन्छ भन्दै नेता तथा कार्यकर्ताहरुले चिया पसलदेखि सामाजिक संजालमा समेत पोष्टहरु सार्वजनिक गरिरहेका छन् । थापा र शर्मा विभिन्न एजेन्डा र आरोप–प्रत्यारोपसहित संस्थापन निर्णयमाथि प्रश्न उठाउँदै अघि बढेपछि कांग्रेसभित्र स्थिरता भन्दा असहजता बढेको देखिन्छ। त्यसको कारक तत्वका रुपमा महामन्त्री र उनका समर्थकहरु छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिले पुस २६–२८ गते महाधिवेशन गर्ने कार्यतालिका सर्वसम्मत पारित गरे पनि महामन्त्री थापाले बैठकमै ‘समय ग्याप’ को विषय उठाउँदै लिखित असहमति पेस गरे। उनले हस्ताक्षर फिर्ता गराएर मात्र तालिका ल्याउने प्रयास भएको दाबी गर्दै संस्थापन पक्षलाई ‘दबाब र भयको राजनीति’ चलाएको आरोप समेत तेस्र्याए। तर विश्लेषकहरूका अनुसार थापाको लिखित प्रस्ताव संस्थापनमाथि सवाल उठाउनेभन्दा बढी स्व–हित केन्द्रित राजनीतिक संकेत थियो,महाधिवेशनलाई विवादमा राखेर आफूलाई ‘विकल्प नेतृत्व’ को रूपमा उभ्याउने। थापाले पटक–पटक विशेष महाधिवेशनको प्रसंगमा ताने। तर यो माग पार्टी सुधारका नाममा व्यक्तिगत महत्वाकांक्षाको मुखुण्डो भएको आलोचनाका रुपमा चित्रण भएको छ।
थापा समूहले उठाएको हस्ताक्षरको वैधानिकता नै प्रश्नवाचक,केन्द्रीय समितिमा प्रस्ताव दर्ता नभएको, कानुनी आधार कमजोर भएको संस्थापन पक्षको तर्क बलियो छ। कांग्रेसका वरिष्ठ नेता र राजनीतिक विश्लेषकहरूका अनुसार थापाको अभियान तीन कारणले प्रेरित छ—जेनजी आन्दोलनपछि पुरानो नेतृत्व कमजोर भएको अनुमान,आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–४ मा जोखिम बढ्दो मूल्यांकन ।
महाधिवेशनअघि नेतृत्व कब्जाको अवसर खोज्ने मनोविज्ञान
यही कारण विशेष महाधिवेशनलाई उनले ‘सडक–स्तरको आन्दोलन’ जस्तो उचाइमा पु¥याउँदा पार्टीभित्रको सहमतिको वातावरण टुट्न पुगेको संस्थापन पक्षको तर्क छ। गगन थापा मात्र होइन, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि कार्यतालिकामाथि प्रत्यक्ष वा अप्रत्यक्ष असहजता व्यक्त गर्दै आएका छन्। बैठकमा उनीहरू दुईको संयुक्त अडानले संस्थापनलाई ‘जोरपुर्वक सहमतिमा ल्याइयो’ भनेर आरोप लाग्दै आएको छ ।
तर आलोचकहरू भन्छन्— थापा–शर्माको जोडी पार्टीभित्र सहमति होइन, अस्तव्यस्तता बढाउने शैलीमा अघि बढिरहेको छ। विशेष महाधिवेशनको एजेन्डा सार्थक भन्दा पनि सत्ता समीकरणमा ‘उत्तरीकरण’ गर्ने प्रयासजस्तो देखिएको विश्लेषकहरूको टिप्पणी छ। सभापति शेरबहादुर देउवा पक्षले थापाको कदमलाई ‘अवसरवादी’ भनेको छ। थापाले क्रियाशील सदस्यता विवाद,जेनजी आन्दोलनका घटना,संगठनगत लट्पटिएको अवस्थालाई आफ्नो पक्षमा मोड्न प्रयोग गरेका आरोप उनको नाममा जोडिँदै गएका छन्।
देउवाले नियमित महाधिवेशन नै सबै समस्याको समाधानको बाटो भन्दै ‘विशेष महाधिवेशन चुनावअघि विनाशकारी’ रहेको स्पष्ट अभिव्यक्ति दिएका छन् ।शेखर कोइरालाले समेत नियमित प्रक्रियाको समर्थन गरेपछि थापा–श्रेष्ठ–विश्वप्रकाश समूह अल्पमततिर धकेलिएको देखिन्छ ।
जेनजी आन्दोलन र ‘रोचक मौनता’—थापामाथि अर्को प्रश्नचिह्न
जेनजी आन्दोलनका नारा–स्लोगन र प्रदर्शनका घटनामा थापाले स्पष्ट धारणा नदिई मौन बसेको,देउवामाथि आएका आक्रमणप्रति प्रत्यक्ष प्रतिवाद नगरेको,भित्रभित्रै आन्दोलनलाई ‘उपयोग’ गरेझैँ व्यवहार देखिएको आरोप कांग्रेसभित्र खुलेर उठ्न थालेको छ। यसले थापाको राजनीतिक नैतिकतामाथि नै प्रश्न खडा गरेको हो ।
थापा–शर्मा र संस्थापनबीचको खिचातानीले कांग्रेसभित्र उदाहरणीय सहमति भन्दा पनि संगठनगत विभाजनको छाया गाढा बनाएको छ। चुनाव नजिकिँदै गर्दा यस्तो विवादले कांग्रेसलाई संगठन कमजोर गर्ने,नेतृत्वमा अविश्वास बढाउने,खेमागत प्रतिस्पर्धा उग्र बनाउने खतरा पैदा गरेको विशेषज्ञहरूको चेतावनी छ। अब महाधिवेशन गराउने दिशमा महामन्त्तीहरुसहित सम्पूर्ण कांग्रेसका नेता तथा कार्यकर्ताहरु नलाग्नुको कनै विकल्प छैन् । नेपाली कांग्रेसलाई बलियो बताउन एकताबद्ध ढङ्गबाट सबैले हातेमालो गरेर बढ्नु नै उचित हुने राजनीतिक विश्लेषकहरु बताउँछन् ।




