राजनीति

१५ औँ महाधिवेशनबाट कसलाई सभापति बनाउने भन्ने विषय कांग्रेसभित्र चर्चामा, आगामी सभापति को ?

काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी १५ औँ महाधिवेशन नजिकिँदोै जाँदा नेतृत्व चयनको बहस तीव्र बन्दै गएको छ। विशेषतः ‘अर्को सभापति को रु’ भन्ने प्रश्नले पार्टीभित्र मात्रै होइन, सत्ता–शक्ति समीकरण, आन्तरिक गुटगत गतिशीलता र नेतृत्वको उत्तराधिकारीको विषयमा नयाँ तरंग पैदा गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवा फेरि नेतृत्व निरन्तरता दिन चाहन्छन् कि नयाँ पुस्तालाई अवसर दिनेछन् — यो प्रश्नले संस्थापन पक्षमै अस्पष्टता देखाएको छ। देउवा निकट नेताहरू ‘स्थायित्व’ र ‘अनुभव’लाई आधार बनाइरहेका छन् भने युवा पुस्ता भने कांग्रेसले परिवर्तनकाअनुकूल ‘जेनरेशन सिफ्ट’बाट मात्र जनविश्वास पुनःस्थापना गर्न सक्ने तर्क अघि सार्दै छन्।  गत भदौ २३ र २४ गते दुई दिन भएको जेनजीको विध्वंकारी आन्दोलनपछि पुनः सभापति देउवालाई नै एक कार्यकालका लागि सभापति बनाउनुपर्ने माग पनि कांग्रेसभित्र रहेको छ, भने अर्को तर्फ कांग्रेस संस्थापन र इतरसमुहका नेताहरु नयाँ सभापति चयनलाई प्राथकिता दिनुपर्ने लाइनमा  छन् ।

सभापति देउवाले सधैँभरी पार्टीमा एक जनामात्र सभापति हुँदैन् समय र परिस्थितिका साथै आन्तरिक छलफल र सहमतीबाट मात्रै सभापति चयन गर्न सकिने बताउँदै आएका छन् । तर कांग्रेसभित्रका गतिविधि सभापति देउवा नहुँदा कति पेचिला हुँदा रहेछ् भन्ने कुरा समेत प्रष्ट्र भइसकेको छ । लगतभ तीन महिना लामो बैठक र छलफलपछि पनि महाधिवशेनको कुरा मिल्न नसक्दा का।। सभापति र महामन्त्रीहरुबीचको तिक्तता झनै बम्बिदैँ गयो । तर सो विवाद सभापति देउवा सिंगापुरबाट आएपछि समाधान दिदै नियमित महाधिवेशनको कार्यतालिका नै निकालि दिए । यस्ले प्रष्ट पार्छ सभापति देउवाको अभावमा पार्टीभित्र कस्ता गतिविधि र क्रियाकलाप अघि बढ्दा रहेछन् । सोही कारण आगामी १५ औँ महाधिवेशनबाट कसलाई सभापति बनाउने विषय कांग्रेसभित्र निकै पेचिलो बन्दैछ ।

महामन्त्री गगन थापा महाधिवेशनपछि पार्टी नेतृत्वमा ‘नयाँ विकल्प’ आवश्यक रहेको संदेश खुलेर दिइरहेका छन्। उनका भाषणहरूमा ‘सुधार’, ‘गतिशीलता’ र ‘निर्णायक नेतृत्व’ जस्ता शब्दहरू बारम्बार दोहोरिने गरेका छन्, जसले उनको सम्भावित दाबीलाई थप चर्चित बनाएको छ। कांग्रेसका अर्का परिपक्क बरिष्ठ कांग्रेस नेता डा. कोइरालालाई पार्टीको सभापति बनाउनुपर्ने राय पनि त्यतिकै चर्चामा छ । डा. कोइरालालाई नेतृत्व क्षमता,नैतिकता,अनुशासन र एकिकृत गर्न सक्ने क्षमताका कारण आगामी १५ औँ महाधिवेशनबाट कांग्रेसको नयाँ सभापतिमा डा.कोइरालाललाई देख्न सकिने धारणाहरु समेत बाहिर आउन थालेका छन् । तर सभापति देउवाले सो विषयमा मुख समेत खोलेका छैनन्।

त्यस्तै शशांक कोइराला पनि कोइराला परिवारको ‘संगठनिक धरातल’का कारण दावेदारको रूपमा देखिँदै आएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केही नेता भने ‘संस्थापनविरुद्ध साझा विकल्प’ आवश्यक रहेको तर्कसहित आफ्नो रणनीति तयार गर्दैछन्।कांग्रेसभित्रको नेतृत्व बहस सतही रूपमा ‘व्यक्तिगत आकांक्षा’ जस्तो देखिए पनि त्यसको मूलमा गुटगत शक्ति–सन्तुलनको जटिल समीकरण बसालिएको छ।

संस्थापन पक्ष : देउवा निरन्तरता वा संस्थापनमै अन्य विकल्प ,संस्थापनइतर थापा समूहलाई प्रमुख रुपमा अगाडी बढाउनुपर्ने माग समेत छ । मध्यमार्गी समूहले सबै कुरालाई अगाडी बढाएको भन्दै सोही विषयमा समेत म्ल्याङकण गर्न थालिएको छ । पार्टी संकटको बेला कसले कति भूमिका र जिम्मेवारी बेहोर्न सके रु यही कुरा नेतृत्व छनोटमा पनि विशेष रहन्छ । यही शक्ति सन्तुलनले कांग्रेसमा अन्तिम निर्णायक ‘डिल’ कहाँ बस्ने हो, भन्नेमा धेरै प्रभाव पार्ने विश्लेषकहरूको बुझाइ छ।

महाधिवेशन मिति औपचारिक रूपमा आइसक्दा समेत आन्तरिक दबाब भने बढ्दो छ। धेरै नेताहरू पार्टी वैचारिक अस्पष्टता, निर्णय प्रक्रियाको धीमता र चुनावी तयारीमा कमजोर देखिँदै सुरु भएको असन्तुष्टिले ‘नयाँ नेतृत्व’ मागलाई बलियो बनाएको उल्लेख गर्छन्।

कांग्रेसभित्र नेतृत्व परिवर्तन कि निरन्तरता  ?

१५ औँ महाधिवेशन कांग्रेसका लागि नेतृत्व निर्णय मात्र होइन—संगठनको पुनरुत्थान, मतदाता विश्वास पुनर्स्थापना, आन्तरिक लोकतन्त्रको परीक्षा सबैका लागि ‘टर्निङ पोइन्ट’ बन्ने देखिन्छ। अन्ततः सभापति कस बन्छन् भन्नेभन्दा ठूलो प्रश्न कांग्रेसले कुन दिशामा अघि बढ्ने हो—पुरानै नेतृत्वको निरन्तरता कि नयाँ पुस्ताद्वारा ‘कोर्स करेक्सन’—यही हो।

यसैले १५ औँ महाधिवेशन कांग्रेसका लागि मात्रै होइन, देशको आगामी राजनीतिक समीकरणका लागि पनि निर्णायक मोडको रूपमा हेरिँदैछ। दुई दशकभन्दा लामो समयदेखि शेरबहादुर देउवालाई निरन्तर साथ र सहयोग गर्दै आइरहेका नेपाली कांग्रेसका नेताहरूको एक समूहले निकै अघि सभापति देउवाको निवासमैँ पुगेर भेट गरेका थिए । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको अग्रसरतामा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री प्रकाशमान सिंह, शशांक कोइराला, सहमहामन्त्री उमाकान्त चौधरी, प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य एनपी साउद, बालकृष्ण खाणलगायत देउवा निवास पुगेका थिए । सो भेटमा अब कांग्रेसबाट को पार्टीसभापति बन्ने विषय समेत उठेको थियो । पाँच वटा महाधिवेशनमा देउवाको नेतृत्वमा रहेका नेताहरूभित्र १५ औं महाधिवेशनमा देउवा समूहबाट को सभापति हुने भन्ने निर्क्यौल भइसकेको छैन। सँगसँगै देउवाले कसलाई आशीर्वाद दिन्छन् भन्ने यी नेताहरूमा पनि सन्देह छ।

पूर्वउपसभापति गोपालमान श्रेष्ठले १० औं महाधिवेशनदेखि नै देउवालाई सहयोग गर्दै आएका नेताहरू र सभापति देउवाबीच पार्टीका आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल समेत हुने गरेको स्रोतको दाबी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *