देश

मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको कडा निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन जारी गरेको छ। सोमबार सुनिएको रिटमा अदालतले यादवले तोकिएको समयभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्ने आदेश दिएको हो।

गैरसंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरिएको दाबी गर्दै ७३ जना प्रदेश सांसदहरूले दायर गरेको रिट मा सर्वोच्चले अन्तरिम आदेशसहित स्पष्ट परमादेश जारी गरेको हो। अदालतको निर्णयपछि मधेस प्रदेशमा राजनीतिक गतिविधि तीव्र हुने देखिएको छ। सर्वोच्चको आदेशअनुसार अब मुख्यमन्त्री यादवले तत्काल प्रदेशसभामा उपस्थित भएर बहुमत सिद्ध गर्नुपर्ने भएको छ, अन्यथा उनले पद गुमाउने सम्भावना प्रबल बनेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *