काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कुल १२० राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता निवेदन दिएका छन्। आयोगका अनुसार मंसिर १ देखि १४ गतेसम्म दर्ता आवेदन खुला रहँदा दर्जनौँ नयाँ र पुराना दलहरूले प्रतिस्पर्धामा भाग लिन इच्छुक भएर निवेदन पेस गरेका हुन्।
नेपालमा अहिले आयोगमा दर्ता भएका १४३ दलमध्ये २३ दलले भने दर्ता निवेदन पेस नगरेका छन्। जेनजी आन्दोलनपछि दर्ता भएका २५ नयाँ दलमध्ये करिब २० ले प्रक्रिया पूरा गरे पनि, अन्य ११ हाराहारी दल कागजात अभावमा यसपटक चुनावमा सहभागी हुन नपाउने भएका छन्।
यसपटक दर्ताका क्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी), धरानका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टी, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी, र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल ले एकल चिन्हका लागि निवेदन दिएका छन्।
१२ दलको निवेदन दर्ता प्रक्रियामा, १२० दल प्रतिस्पर्धाका लागि सूचीमा
निर्वाचन आयोगले दर्ता स्वीकार गरिएका १२० दलको सूची सार्वजनिक गरेको छ।
प्रमुख तथा नयाँ–पुराना दल यस्तो छन् :
देश विकास पार्टी
प्रगतिशील लोकतान्त्रिक पार्टी
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)
राष्ट्रिय स्वतन्त्र पार्टी
नेपाली कांग्रेस
नेकपा ९एमाले०
जनता समाजवादी पार्टी (जसपा)
नागरिक उन्मुक्ति पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
जनमत पार्टी
उज्यालो नेपाल पार्टी
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०
विवेकशील साझा पार्टी
नेपालका लागि नेपाली पार्टी
राष्ट्रिय जनमोर्चा
आम जनता पार्टी
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
परिवर्तन पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
पिपुल फर्स्ट पार्टी
जन अधिकार पार्टी
जनता लोकतान्त्रिक पार्टी नेपाल
-सम्पूर्ण १२० दलको विस्तृत सूची आयोगले उपलब्ध गराएको छ। जेनजी आन्दोलनपछि विभिन्न समूह र नयाँ नेतृत्व उदाएसँगै धेरै दल दर्ता प्रक्रिया तिर आकर्षित भएका छन्। करिब एक दर्जनभन्दा बढी नयाँ राजनीतिक समूहहरूले पहिलोपटक संघीय चुनावमा भाग लिन तयारी गरेका छन्।




