काठमाडौं । पटक–पटक सारिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। महाधिवेशन नियमित गर्ने कि विशेष आह्वान गर्ने भन्ने विषयमा जारी विवादले बैठक निरन्तर स्थगित हुँदै आएको थियो।
हालैका आन्तरिक छलफलहरूमा पुस अन्तिम सातामा १५औँ महाधिवेशन गर्नेबारे प्रारम्भिक सहमति बनेको नेताहरू बताउँछन्। आजको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले २६ देखि २९ पुससम्म महाधिवेशन गर्ने प्रस्तावित कार्यतालिका पेस गर्ने तयारी गरेका छन्। बैठक सुरु हुनु अघि उनले विभिन्न पक्षसँग अनौपचारिक परामर्श बढाउने योजना बनाएका छन्।
केन्द्रीय बैठकअघि आइतबार खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग सामूहिक छलफल गरेका थिए। सो दौरान उनले पुस अन्तिम साताकै समयसीमा समेटिएको महाधिवेशन कार्यतालिका बैठकमा प्रस्तुत गर्ने बताएका थिए।
गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनको विवाद मैलिँदै जाँदा लगातार अनिर्णित रहँदै




