देश

नियमित महाधिवेशनबाट अघि बढ्नुपर्ने विषयमा महामन्त्री थापाको विरोध किन ?

काठमाडौं । नेपाली कांग्रेसभित्र महिनौँदेखि लम्बिएको महाधिवेशन विवाद अहिले सहमति नजिक पुगको छ । तर महामन्त्री थापाले कांग्रेस संस्थापनको निर्णय नमान्ने र सभापतिले अपनाएको बाटोमा हिंडन नचाहेको भन्दै विरोध जनाउन थालेपछि  विशेष महाधिवेशनको एजेन्डा बोकेर लगातार दबाब बढाइरहेका बेला उनको अभियानलाई पार्टीभित्र नै अवसरवादी कदमको रूपमा तीव्र आलोचना भएकाे छ ।

नेविसंघको पृष्ठभूमिबाट उदाएका थापा २० वर्षदेखि केन्द्रीय राजनीतिमा छ्यापिछ्याप सक्रिय छन्। तर हाल नियमित महाधिवेशनलाई बेवास्ता गर्दै विशेष महाधिवेशनमा टाँसिन थालेपछि उनको वास्तविक मक्सद नेतृत्व कब्जा गर्ने दाउ मात्र भएको निष्कर्ष संस्थापन पक्षले मात्र निकालेका छैनन्,राजनीतिक विशेषज्ञ,कानुनविद्ध, नेता तथा कार्यकर्ताहरु कांग्रेसी जनहरुले समेत चर्को आलोचना जारी राखेका छन् । रास्वपा सभापतिको रणनीतिका साथ बाहिर एक बोलेर बास्तविकता लुकाएको टिप्पणी भएको छ । सभापति देउवाले नियमित महाधिवेशनमार्फत विवाद समाधान गर्नुपर्ने धारणा सार्वजनिक गरिसकेका छन्। तर थापा उल्टै विशेष महाधिवेशनकै मन्त्र दोहोर्याइरहँदा उनी चौतर्फी प्रश्नको घेरामा परेका हुन् । सभापति देउवाले केही दिनभित्र नै कांग्रेसभित्रको विवादलाई चिर्दै शान्तिको सन्देश दिने अपेक्षा गरिएको छ ।

सभापति देउवाले शनिबार पार्टी कार्यालयमै शीर्ष नेताहरूसँग छलफल गर्दै विशेष महाधिवेशन चुनावअघि गर्नु पार्टीलाई क्षति पुग्ने निष्कर्ष सुनाएका थिए। शेखर कोइराला समेत नियमित प्रक्रियाबारे खुलेर समर्थन जनाएपछि थापा–विश्वप्रकाश समूह झनै अल्पमतमा परिरहेको देखिन्छ। नेपाली कांग्रेसका बिचारक तथा विष्टि स्वर्गीय नेता गिरिजा प्रसाद कोइराहरुले आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार भएकाहरुमाथि दरबारियाको संज्ञा दिन्थे । सोही कुरा महामन्त्ती थापाको विशेषतामा देखिन्छ । सभापति देउवाले कठिन परिस्थितिमा नियमित महाधिवेशनको कार्यतालिका सहमति गरेर अघि बढ्न आग्रह गरिरहेका छन् । कांग्रेसइतर समुहका बरिष्ठ नेता डा. कोइरालालाई सभापतिको नेतृत्व जेष्ठताका आधारमा र क्षमताका आधारमा अघि बढाउनुपर्ने कांग्रेसभित्र बहस छ । सभापति देउवाले १५ औँ महाधिवेशनबाहेक अन्य समय सभापतिको जिम्मेवारी अरुलाई नै सुम्पिने सभापति देउवाको निष्कर्ष छ ।

थापाको ‘विशेष महाधिवेशन मोह’ — व्यक्तिगत लाभ कि पार्टी सुधार ?

पार्टीभित्र थापाको कार्यशैलीलाई धेरैले अवसरवादी र व्यक्तिगत महत्वाकांक्षाले निर्देशित भन्दै आलोचना गरिरहेका छन्। उनले सभापति देउवामाथि जेनजी आन्दोलनका घटना, पार्टी संगठनको कमजोरी र निर्वाचन व्यवस्थापनमा आईपरेका चुनौतीहरूलाई प्रयोग गरेर ‘नयाँ नेतृत्व’ को नाममा आफूलाई उचाल्न खोजेको आरोप समेत महामन्त्री थापामाथि छ। महामन्त्री थापाले क्रियासिल सदस्यता नवीकरण गर्न नसकेको कम्जोरी लुकाउनकै लागि विशेष महाधिवेशनलाई टार्गेट गरेको प्रष्टै देखिन्छ । सभापति देउवाको शिराबाट अघि बढ्दा जेनजीहरुलाई समेत ध्यानमा राखेर अघि बढ्न सकिन्छ, तर महामन्त्री थापाको प्रस्तावमा अघि बढ्दा नेतृत्वमा नयाँ पुस्ताहरुका लागि अवसर गुम्ने खतरा छ । सो विषयमा नयाँ पुस्ता र सिंगो कांग्रेले प्रष्ट बुझ्नैपर्छ ।

उनका तीव्र अभिव्यक्तिहरूले पार्टीभित्र चलिरहेको समन्वय र सहमतिको वातावरण बिगारेको भन्दै संस्थापन पक्षका नेताहरू असन्तुष्ट देखिन्छन्। आलोचकहरूका अनुसार , थापा पार्टी बलियो बनाउने होइन, आफू कसरी बलियो हुने भन्ने ‘रोडम्याप’ मा बढी केन्द्रित देखिन्छन् ।

थापाले विशेष महाधिवेशनका लागि संकलन गरेको हस्ताक्षर नै वैधानिक नठहरिने धेरै सम्भावना रहेको संस्थापन पक्षको दाबी छ। केन्द्रीय सदस्य कल्याण गुरुङले थापाको अभियानलाई ‘कागजी चर्को तर कानुनी आधार शून्य’ भन्दै पाँच कारणसहित खारेज गरिसकेका छन् । सो विषयमा सिङ्गो कांग्रेसभित्र प्रश्न चिह्न खडा गरेको छ । गगन समुहका युवाहरुले आक्रोस र बलले पेलेर जान सकिने मुड बनाएको देखिन्छ । उनीहरुले सामाजिक संचालमा गरेका गतिविधिले नै सो विषयको धारणा प्रष्ट पार्छ ।

केन्द्रीय समितिमा प्रस्ताव दर्ता नै नभएको उल्लेख गरेका छन् । केन्द्रिय सदस्य गुरुङले उल्लेख गरेका विषयमा फरक फरक धारणा आए पनि महामन्त्री थापाको प्रस्तावले पुराअवलोकन गर्नुपर्ने प्रश्न चौतर्फी खडा भएको छ । राजनीतिक विश्लेषकहरू भन्छन्— थापाले विशेष महाधिवेशनमा आग्रह गर्नुका पछाडि दुई प्रमुख मनोविज्ञान छन्— जेनजी आन्दोलनपछि पार्टीभित्र पुरानो नेतृत्व कमजोर भएको आँकलन,आगामी निर्वाचनमा काठमाडौं–४ मा जित्ने सम्भावना कमजोर हुँदै जाँदा चुनावपछि कमजोर देखिन नचाहने मनोवृत्ति। तर पार्टम व्यक्तिगत स्वार्थ मसन पन

यही कारण उनले चुनावअघि नेतृत्व पक्रने प्रयास गरेको बुझिन्छ। पार्टी एकताको माग बढ्दै गएको बेला थापामाथि अविश्वास उस्तै देखिन्छ । महामन्त्री थापाले फरक मत राख्न खोजेपनि पाटीको नेतृत्व हातमा ल्याउने रणनीति बाहेक अन्य नभएको आलोचना जारी छ ।

थापाको अडानले पार्टीभित्र झनै विभाजन निम्त्याउने खतरा बढदे गइरहेका बेला सभापति देउवा टुटफुटबाट जोगाउने अभियानमा सक्रिय रुपमा लागेका हुन् । विषम परिस्थितिमा समेत थापाले आफ्नै कमजोरी लुकाएर नेतृत्व परिवर्तनको बहानामा अवसर खोजेको भन्दै संस्थापन पक्षले मात्र होइन्,राजनीतिक विज्ञ र नेता तथा कार्यकताहरुले कडा रुपमा प्रस्तुत गर्न थालेका छन् । जेनजी अन्दोलनपछि चिया पसलदेखि पाटीको केन्द्रसम्ममा नै महामन्त्रीले अवरवाद चरित्र अपनाएको आरोप लाग्दै आएको छ । त्यसमाथि, थापाले जेनजी आन्दोलनमा स्पष्ट धारणा नदिई सभापति देउवामाथि भएको आक्रमणलाई ‘तालियाँ’ बजाएझैँ समर्थन गरेको भन्दै उनका आलोचकहरू अझै मुखर छन्।

पार्टी एकता, स्थिरता र आगामी निर्वाचनलाई प्राथमिकता दिनुपर्ने बेला थापाको अभियानले अनावश्यक तनाव पैदा गरेको संस्थापन पक्षको निष्कर्ष छ। नेपाली कांग्रेसमा महाधिवेशन विवाद सतहमा मात्र देखिएको हो, मूल लडाइँ भने नेतृत्वका आकांक्षाको हो। गगन थापाले उठाएको विशेष महाधिवेशनले पार्टीलाई एकता, सुधार र पारदर्शितातर्फ लैजान्छ कि व्यक्तिगत महत्वाकांक्षाको भुसभुसी मात्र हो— यही अहिलेको मूल प्रश्न हो।

स्थापित नेताहरूको स्पष्ट चेतावनी रहेको छ— चुनाव नजिकिँदै गर्दा विशेष महाधिवेशनले पार्टीलाई एकता होइन, विभाजनतर्फ लैजान्छ । अब कांग्रेसको मार्ग—नियमित महाधिवेशनमार्फत संगठनात्मक मजबुती कि नेतृत्व परिवर्तनको राजनीतिक जुवा ? यो उत्तर यसै केही हप्तामा स्पष्ट हुँदै जान्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *