राजनीति

महाधिवेशनबारे ठोस निष्कर्ष दिन सभापति देउवाले बोलाए बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनबारे ठोस निष्कर्षका लागि आज दिउँसोका लागि पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोएका छन् ।

सभापति देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आइतबार दिउँसो १ः०० बजे बस्नेगरी आफ्नै निवास महाराजगन्जमा बोलाएका हुन् । स्रोतका अनुसार महाधिवशेनबारे पार्टीमा भएको दुईधारलाई एकै धारमा ल्याउने र नियमित महाधिवेशन गराउने उदेश्यका साथ पार्टी सभापति शेरबहादुर देउवा सक्रिय भएका छन् ।

सभापति देउवाले सिंगापुरमा आफ्नो उपचारमा जानुअघि नै केन्द्रिय समितिको बैठकबाट कार्यवाहक सभापतिको जिम्मेवारी पूर्ण बहादु्र खड्कालाई दिएका थिए । तर का.वा सभापति पूर्णबहादुर खड्काले कांग्रेसभित्र देखिएको विवाद समाधान गर्ने जमर्को धेरै गरेपनि समाधान निकाल्न सकेनन्। कांग्रेस संस्थापनइतर समुहले संस्थापनपक्षलाई कम्जोर बनाउने रणनीतिका साथ महामन्त्री थापा र शर्मासहितका नेताहरु अगाडी बढेपछि देखिएको विवाद समाधानका लागि सभापति देउवा सक्रिय भएका हुन् ।

आज हुने भनिएको बैठकमा विशेषगरी नियमित महाधिवेशन र विशेष महाधिवेशनका विषय रहेका छन्, सो विषयमा सभापति देउवाले ठोस निष्कर्ष निकाल्ने पहलका लागि बैठकलाई प्राथमिकता दिएका हुन् । सो बैठकमा कांग्रेस संस्थापनइतर समुहका बरिष्ठ नेता डा। शेखर कोइराला, निवर्तमान गृहमन्त्री रमेश लेखकलाई समेत बोलाइएको स्रोतले जनाएको छ । सो बैठकमा कोइला र गृहमन्त्री लेखक सामेल हुने जनाइएको छ ।

पछिल्लो समयमा कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर चर्किएको विवाद समाधानको मुख्य नेतृत्व सभापति देउवाको हातमा रहेको जनाइएको छ । शनिबार भएको बैठकमा सहभागी भएर सभापति देउवाले नियमित महाधिवेशनको निर्वाचनअघि गर्नुपर्ने विषयमा सभापति देउवाले प्रष्टै बोलीसकेका छन् । सभापति देउवाले गरेको निर्णय र छलफलप्रति नेता तथा कार्यकर्ताहरुले प्रशंसा गर्न थालिकेका छन् । सभापति देउवा नै छलफलमा जुटेपछि महाधिवेशनबारे टुंगो  लगाउने अपेक्षा गरिएकाे छ  ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *