राजनीति

गठनको केही दिनमैँ ‘नयाँ नेकपा’ संकटमा : शीर्ष ३ केन्द्रीय सदस्यसहित १० नेता प्रलोपमा, टिकाउपनै प्रश्नचिह्न

काठमाडौं । एकीकृत वाम शक्तिहरूको लामो राजनीतिक कसरतपछि गठन भएको नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रारम्भिक चरणमै गम्भीर अस्थिरता सतहमा देखिन थालेको छ। गठन भएको केही दिनमै केन्द्रीय सदस्य ३ सहित १० जना प्रभावशाली नेताहरूले पार्टी परित्याग गर्दै जनार्दन शर्माले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) रोजेका छन्। यसले प्रचण्ड–माधव नेतृत्वमा जन्मिएको यो नयाँ पार्टी आफ्नै आन्तरिक बन्धन सम्हाल्न सक्षम हुन्छ कि हुँदैन भन्ने प्रश्न खडा भएको छ।

प्रचण्डका नजिक मानिने बामदेव क्षेत्री, केन्द्रीय सदस्य गोविन्द केसी र किस्मत विक पार्टी छोडेर प्रलोपमा प्रवेश गरेका छन्। क्षेत्री लामो समय प्रवास हुँदै रुपन्देहीमा सक्रिय रहँदै आएका व्यक्ति हुन्, जसलाई नेकपाकै सिफारिसमा लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्ष बनाइएको थियो।

त्यसैगरी, प्रदेश कार्यालय प्रमुख सचिव यज्ञ पोखरेल, प्रदेश सदस्य कृष्णबहादुर भण्डारी, भक्तबहादुर पुन, प्रकाश कुँवर, अनुप पोखरेल, जिल्ला सदस्य कर्ण भट्टराई, तथा नगर सदस्य कृष्ण बन्जाडे पनि प्रचण्ड–माधवसँगको सहकार्य त्यागेर प्रलोपतिर उन्मुख भएका छन्।

पार्टी गठनकै दिनदेखि ‘एकता’ कि ‘असन्तुष्टि’?

दुई दिन अघि रुपन्देहीमा सबै माओवादी पृष्ठभूमिका नेताहरू एकताका पक्षमा रहेको घोषणा गरिएको थियो। तर त्यसको ४८ घण्टा नपुग्दै ठूलो संख्यामा नेता बाहिरिनु नयाँ नेकपाभित्रको निर्णय प्रक्रिया, शक्तिसन्तुलन र नेतृत्वप्रति असन्तुष्टि हुनुको संकेत मानिएको छ। विशेषगरी प्रचण्ड र माधव नेपालको द्वैध नेतृत्व मोडल कति प्रभावकारी हुँदैन भन्ने प्रश्न पुनः बलियोसँग उठेको छ।

पार्टी गठनको प्रारम्भिक दिनमै यस्तो ठूलो समूह बाहिरिनु संगठनात्मक दिवालियापनको चेतावनी हो। प्रचण्ड नेतृत्वको विश्वसनीयता र आन्तरिक समन्वय क्षमता फेरि चुनौतीमा परेको देखिन्छ। जनार्दन शर्मा प्रलोपमार्फत वाम राजनीति पुनः ध्रुवीकरण गर्ने प्रयासमा देखिन्छन्, जसले नयाँ नेकपाभित्रको शक्ति सन्तुलनलाई अझ कमजोर बनाउने सम्भावना छ। नेताहरूको एकपछि अर्को निर्गमनले नयाँ नेकपा लामो समय टिक्ला कि राजनीतिक प्रयोगमै सिमित होला भन्ने बहस तीव्र भइरहेको छ।

काठमाडौं । एकीकृत वाम शक्तिहरूको लामो राजनीतिक कसरतपछि गठन भएको नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रारम्भिक चरणमै गम्भीर अस्थिरता सतहमा देखिन थालेको छ। गठन भएको केही दिनमै केन्द्रीय सदस्य ३ सहित १० जना प्रभावशाली नेताहरूले पार्टी परित्याग गर्दै जनार्दन शर्माले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) रोजेका छन्।

यसले प्रचण्ड–माधव नेतृत्वमा जन्मिएको यो नयाँ पार्टी आफ्नै आन्तरिक बन्धन सम्हाल्न सक्षम हुन्छ कि हुँदैन भन्ने प्रश्न खडा भएको छ। प्रचण्डका नजिक मानिने बामदेव क्षेत्री, केन्द्रीय सदस्य गोविन्द केसी र किस्मत विक पार्टी छोडेर प्रलोपमा प्रवेश गरेका छन्। क्षेत्री लामो समय प्रवास हुँदै रुपन्देहीमा सक्रिय रहँदै आएका व्यक्ति हुन्, जसलाई नेकपाकै सिफारिसमा लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्ष बनाइएको थियो। त्यसैगरी, प्रदेश कार्यालय प्रमुख सचिव यज्ञ पोखरेल, प्रदेश सदस्य कृष्णबहादुर भण्डारी, भक्तबहादुर पुन, प्रकाश कुँवर, अनुप पोखरेल, जिल्ला सदस्य कर्ण भट्टराई, तथा नगर सदस्य कृष्ण बन्जाडे पनि प्रचण्ड–माधवसँगको सहकार्य त्यागेर प्रलोपतिर उन्मुख भएका छन्।

पार्टी गठनकै दिनदेखि ‘एकता’ कि ‘असन्तुष्टि’?

दुई दिन अघि रुपन्देहीमा सबै माओवादी पृष्ठभूमिका नेताहरू एकताका पक्षमा रहेको घोषणा गरिएको थियो। तर त्यसको ४८ घण्टा नपुग्दै ठूलो संख्यामा नेता बाहिरिनु नयाँ नेकपाभित्रको निर्णय प्रक्रिया, शक्तिसन्तुलन र नेतृत्वप्रति असन्तुष्टि हुनुको संकेत मानिएको छ। विशेषगरी प्रचण्ड र माधव नेपालको द्वैध नेतृत्व मोडल कति प्रभावकारी हुँदैन भन्ने प्रश्न पुनः बलियोसँग उठेको छ।

पार्टी गठनको प्रारम्भिक दिनमै यस्तो ठूलो समूह बाहिरिनु संगठनात्मक दिवालियापनको चेतावनी हो। प्रचण्ड नेतृत्वको विश्वसनीयता र आन्तरिक समन्वय क्षमता फेरि चुनौतीमा परेको देखिन्छ। जनार्दन शर्मा प्रलोपमार्फत वाम राजनीति पुनः ध्रुवीकरण गर्ने प्रयासमा देखिन्छन्, जसले नयाँ नेकपाभित्रको शक्ति सन्तुलनलाई अझ कमजोर बनाउने सम्भावना छ। नेताहरूको एकपछि अर्को निर्गमनले नयाँ नेकपा लामो समय टिक्ला कि राजनीतिक प्रयोगमै सिमित होला भन्ने बहस तीव्र भइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *