काठमाडौं । नेपाली कांग्रेसमा पछिल्ला दिनहरूमा महाधिवेशनको विषयले तातिएको छ। महामन्त्री गगन थापा निर्वाचनअघि नै विशेष महाधिवेशन गर्नुपर्ने अडानमा उभिएपछि पार्टीभित्र मतभेद खुलेर सतहमा आएकाे छ । थापा नियमित वा विशेष, दुवै महाधिवेशनका विकल्पबारे बोल्दै आए पनि अहिले विशेष महाधिवेशनमा झन् जोड दिइरहेका छन्। यसका लागि उनले प्रतिनिधिहरूको हस्ताक्षर पनि संकलन गरिसकेका छन्।तर जम्मा गरिएका हस्ताक्षमाथि वैधानिकता कायम गर्न निकै मुस्किल छ । सो विषयमा गहिरो प्रश्न चिह्न खडा भएको छ । थापा अहिले पार्टीलाई बलियो बनाउने भन्दा पनि आफू कसरी बलियो हुने भन्ने आर्दशमा लागेका छन् । उनका अभिव्यक्तिहरुले पार्टीका लागि होइन,अवसरवादलाई लिएर कांग्रेसलाई कुनै कुनै समयमा विभाजनमा लैजान चलाखीमा लागेका छन् । थापाले अन्य बैकल्पिक शक्तिहरुमा समेत नियमित छलफलमा रहेको स्रोत जनाएको छ ।
कांग्रेसको भित्री राजनीतिको केन्द्रबिन्दुमा लामो समयदेखि सक्रिय महामन्त्री थापाले विशेष महाधिवेशनको माग गर्नु अवसरवादी चरित्र भएको भन्दै कांग्रेस संथापन पक्षका नेता तथा कार्यकर्ताहरुले आलोचना गरिरहेका छन् । सभापति देउवाको आड भरोसामा कांग्रेसमा आफुलाई उच्च बिन्दुमा लान सफल भएका थापा पछिल्लो समय जेनजी आन्दोलनदेखि नै सभापति देउवाको काँधमा कम्जोरी थुपार्दै आफूमाथि तिल जौ छर्कर्ने अभियानमा छन् । उनका समर्थकहरू र आलोचकहरू दुवैले उनलाई ‘अवसरवादी’ भनेर आलोचना गर्दै आएका छन्।
पार्टी संकटको घडीमा रहेकाे बेला सबैको साथ र सहयोग आवश्यक परेको बताएपनि उनले संकटको घडीमा आफू अघि बढ्न खोज्नुले फेरि पनि कांग्रेसलाई कम्जोर बनाउने खेलमा लागेको खुलासा मात्र भएको छैन् प्रष्टै देखिएको छ। नेपाली कांग्रेसले निर्वाचनमा जान दल दर्ता गरिसकेको छ । तर सोही विषयमा समेत विवाद झिकेर थापा केटाकेटीले खोलामा माछा मारे जस्तो गतिविधिमा सक्रिय भएको प्रष्टै देखिएको छ ।.थापाले स्थानीय तहदेखि केन्द्रसम्मको नै क्रियासिल सदस्याता नविकरण गर्न सकेका छैन्,सो विषयमा समेत लुकाएर उनले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व छनोट गर्ने रणनीति बनाएका छन् । तर उनको आइडीया केन्द्रमा रहन नसक्ने संस्थापन नेताहरुको बुझाइ छ । सभापति देउवामाथि हरेक कम्जोरी थुपारेर महान्त्री थापाले जेनजीलाई आफ्ना मागहरु अघि बढाउन उत्प्रेरित गरिरहेका छन् । यस्तो गतिविधिले कांग्रेसलाई बलियो बनाउन कुनै पनि राहत मिल्न नसक्ने नेतृत्व विज्ञहरुको मत छ ।
महामन्त्री थापाले विगतमा पनि कांग्रेसभित्र मतभेद चर्काउन जुनलाई तारा र तारालाई जुन भन्ने समेत गर्थे बेलाबखत। अहिले पार्टीलाई एकता गराउने,कांग्रेसलाई थप बोद्धिक बनाउने र देशका विकासका एजेण्डा छान्नेमा विषय समेत थापाको डायरीमा छैन्। जेनजी आन्दोलनका विषयमा समेत उनले खुलेर बोलेनन् , बरु सभापति देउवामाथि भएको आक्रमण उनले ताली बजाउने काम गरे । उनले विभिन्न मिडियामा गएर जेनजीको प्रशंसा गरे ।
इतिहासको निकै लामो कालखण्ड कठिन परिस्थितिमा सामना गर्दै देशको स्वाधिनता,राष्ट्रिय एकता, मानवअधिकार,देशको विकास,लोकतन्त्रको स्थापनासँगै संविधानको रक्षामा लागेको पार्टी हो नेपाली कांग्रेस । तर कांग्रेसलाई थप बलियो बनाउने अभियान भने महामन्त्री थापाको छैन । उनले विगतमा दिएका भाषणहरुमा समेत अवसवादी र प्रचारवादी अभिव्यक्ती बढी थिए । अहिले पनि वास्तविकता भन्दा बाहिर बसेर कांग्रेलाई चिरा पारेर नयाँ सिराबाट अघि बढ्न खोजेको उनको संकेत प्रष्ट छ । कांग्रेस सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनपछि पार्टीको जिम्मेवारी का.वा सभापति पूर्ण बहादुर खडकालाई दिइसकेका छन् । अबको आवश्यकता सिङ्गो कांग्रेस,एकतावद्ध कांग्रेस, विवादरहित कांग्रेस् पारदर्शिता भएको कांग्रेस,कुनै पनि निर्वाचनमा एकल बहुमत ल्याउन सक्ने र एकल बहुमतको सरकार गठन गर्ने सक्ने क्षमता निर्माण गर्न सक्ने कांग्रेसको आश्यकता रहेको बताइसकेका छन् । संस्थापनइतर समहुका बरिष्ठ नेता डा.शेखर कोइराला भने नियमित महाधिवेशन र सभापति देउवको कुरालाई जायज ठान्छन् । तर महान्त्री थापाको दृष्टिकोण कांग्रेसमा आफूभन्दा ठूलो अरु छैन्,सोही कारण अहिले समस्या जटिल बन्दैछ ।
नियमित महाधिवेशन गर्दै स्थानीय तहदेखि नै नेतृत्वको छनोट हुने र विशेष महाधिवेशन हुँदा केन्द्रमा मात्र छनोट हुने भएकाले पुरानै रणनीतिमा आफू नेतृत्वको उचाईमा पुग्ने दाऊ रहेको बुझिन्छ । नियमित महाधिवेशनले नयाँ तथा पुराना दुबैलाई अवसर प्रदान गर्ने भएकाले नयाँ नेतृत्वले आफूलाई टक्कर दिने महामन्त्री थापालाई डर छ । विशेष महाधिवेशनको माग गर्दा थापाले चुनाव अघि आफ्नो प्रभाव बलियो बनाउने र पार्टीको नेतृत्वमा सशक्त स्थिति बनाउन चाहेको देखिन्छ। आलोचकहरू भन्छन् कि यो कदम व्यक्तिगत राजनीतिक लाभका लागि पार्टीको मूल संरचना र प्रक्रियालाई चुनौती दिने रणनीति मात्र हो।
राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन् कि थापाको चालले कांग्रेसभित्र नयाँ विवाद र द्वन्द्वलाई जन्म दिन सक्छ। पार्टीको एकताको पक्षधरहरूका लागि यो विषय अस्वस्थकर बन्न सक्ने सम्भावना उच्च छ। अवसरवादी चरित्रको यो आरोपले थापाको राजनीतिक छवि विवादास्पद बनाएको छ, र आगामी महाधिवेशनमा उनको कदमले कांग्रेसको भविष्यमा कस्तो असर पार्छ भन्ने प्रश्न अझै अनुत्तरित रहेको छ।
थापाले महाधिवेशन तत्कालै आवश्यक भएको दुई प्रमुख कारण देखाएका छन्— पहिलो, जेनजी आन्दोलनले पुरानो पुस्तालाई रक्षात्मक बनाएको माहोलमा नयाँ नेतृत्वमा पुग्ने अवसर देखिनु। दोस्रो, आगामी प्रतिनिधिसभा निर्वाचनमा पराजयको जोखिम। काठमाडौं–४ मा जित्ने सम्भावना कमजोर देखिँदा चुनावपछि हुने महाधिवेशनमा आफू कमजोर बन्ने भन्दै उनी चुनावअघि नै नेतृत्व हातमा लिन चाहन्छन् भन्ने बुझिन्छ।
तर यसैबीच थापाको शैली र रणनीतिमाथि आन्तरिक आलोचना पनि बढेको छ। थापा–निकट महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलको पनि आफ्ना क्षेत्रहरूमा स्थिति कमजोर रहेको चर्चा पार्टीभित्र छ। कांग्रेस केन्द्रिय सदस्य कल्याण गुरुङले कांग्रेसभित्र कुनै पनि हालतमा विशेष महाधिवशेन नहुने बताएका छन् । उनले मंगलबार एक पोष्ट सार्वजनिक गर्दै विशेषमहाधिवेशन नहुने पाँच कारण सार्वजनिक गरेका छन् ।
स्थापित पक्षका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले भने गगन–विश्वप्रकाश समूहको विशेष महाधिवेशन अभियानलाई कडा भाषामा खारेज गरेका छन्। गुरुङका अनुसार—केन्द्रीय समितिमा प्रस्ताव दर्ता नै नभएको,आवश्यक कार्यविधि तयार नभएको,हस्ताक्षर प्रमाणीकरण नपुगेको,विशेष महाधिवेशनबाट पदाधिकारी हटाउन नसक्ने प्रावधान,सभापति हटाउने प्रक्रिया विधानमै फरक रहेको— जस्ता पाँच कारणले विशेष महाधिवेशन असम्भव छ।
गुरुङले थापाको सामाजिक सञ्जाल पोस्टको प्रतिवाद गर्दै लेखे—“धेरै हल्ला छ, तर वास्तविक आधार छैन। पार्टी अहिले चुनाव मोडमा छ, महाधिवेशनको होइन।”उनको निष्कर्ष स्पष्ट छ–“विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन, तीन हुँदैन। अहिले कांग्रेस चुनावमै जानेछ।”
कांग्रेस संस्थापन इतरसमुहका बरिष्ठ नेता डा. शेखर कोइरालाले पनि विशेष महाधिवेशनको माग असमयिक भएको भन्दै नियमित महाधिवेशनकै पक्षमा उभिन पार्टी कार्यकर्तालाई आग्रह गरेका छन्। संस्थापन पक्ष पनि चुनाव नजिकिँदै गएकाले नियमित महाधिवेशन नै उपयुक्त भएको तर्क गर्दै आएको छ। कांग्रेसभित्र महाधिवेशनलाई लिएर वाद–विवाद तीव्र बन्दै गइरहेको छ। गगन थापा चुनावअघि नेतृत्व परिवर्तनको सम्भावना देखेका छन् भने गुरुङ–कोइराला पक्ष अनुसार अहिलेको प्राथमिकता मंसिरको चुनाव, पार्टी एकता र आन्तरिक स्थिरता हो। विशेष महाधिवेशनले झन् भ्रम र विभाजन मात्रै बढाउने उनीहरूको टिप्पणी छ।




