राजनीति

मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

काठमाडौं । नेपाल सरकारको मुख्य प्रशासनिक संरचनामा महत्वपूर्ण परिवर्तन भएको छ। मन्त्रिपरिषद् बैठकले सुमनराज अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।

५८ वर्षे उमेरहद पूरा भएपछि वर्तमान मुख्यसचिव एकनारायण अर्याल मंसिर ९ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन्। त्यसैअघि बसेको आजको मन्त्रिपरिषद् बैठकले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

एकनारायण अर्याल १३ भदौ २०८१ मा मुख्यसचिव बनेका थिए। उनी अवकाशमा जाने अघिल्लो दिनमै प्रशासनको सर्वोच्च जिम्मेवारी सुमनराज अर्यालले सम्हाल्न लागेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *