काठमाडौं । जेनजी अगुवा मिरज ढुंगानाको नेतृत्वमा रहेको समूहले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज दिउँसो तीन बजे ज्ञापन पत्र बुझाउने तयारी गरेको छ।
ढुंगानाका अनुसार, हालसालै सरकारमा रहेका केही व्यक्तिहरूले आन्दोलनको मूल उद्देश्य विपरीत कार्य गरेकाले त्यसबिरुद्ध ध्यानाकर्षण गराउन यो कदम उठाइएको हो।
‘हामी तीन बजे पुग्दैछौं,’ ढुंगानाले भने, ‘यो कुनै व्यक्ति वा समूहको पक्षमा होइन, समग्रमा सुशासनको प्रत्याभूति दिलाउनका लागि हो।’
यसअघि प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्त र नातेदारको नियुक्ति गरिएको विषय सार्वजनिक भएपछि जेनजी अगुवाहरूले सत्तापक्षलाई सचेत गराउने उद्देश्य राख्दै ज्ञापन पत्र बुझाउने तयारी थालेको बताइएको छ।




