राजनीति

राजनीतिक अनिश्चिततामा नयाँ बहस : ‘निर्वाचन रोकिए संसद पुनःस्थापना अपरिहार्य’- कांग्रेस नेता कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन रोकिए संसद पुर्नस्थापना अनिवार्य भएको बताएका छन् । भदौ २३ र २४ गते देशभर उग्ररूपमा प्रदर्शनमा आएका जेन्जी विद्रोहले तत्काल राजनीतिक वृतमा हलचल ल्याएपछि उनले  हिमालयन टेलिभिजनमा एक  अन्तर्वाता दिदैँ सो कुरा बताएका हुन् ।

अहिले राजनीतिक स्थिरता झनै कमजोर बन्दै गएको वर्तमान परिवेशमा निर्वाचन, संविधान संशोधन र दलगत नेतृत्व परिवर्तन मुख्य एजेन्डाका रूपमा उभिएका छन्। सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अहिले नेतृत्व सङ्कटको अन्तहीन चक्रमा फसेजस्तो देखिन्छ। महाधिवेशन चुनुअघि गर्ने कि पछि, नियमित कि विशेष, भन्ने विषयमा भएको लामो छलफल पनि निष्कर्षविहीन रहँदा दलभित्र अनिश्चितता अझ चुलिएको छ।

यस्तै परिस्थितिमा कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले देशमा चुनाव रोकिए वा अनिश्चितकालसम्म धकेलिन पुग्यो भने संसद् पुनःस्थापना अपरिहार्य विकल्प बन्ने बताए । उनका अनुसार राजनीतिक मार्गचित्र विग्रँदै गएमा संविधानले परिकल्पना गरेको संरचना नै पुनर्स्थापना गरेर मात्र अवस्थालाई सही दिशामा लैजान सकिने सम्भावना बलियो संभावना छ ।

सिटौलाको यस्तो टिप्पणीले राजनीतिक वृत्तमा नयाँ बहस सुरू गरेको छ। मुलुक संक्रमणको नयाँ मोडमा उभिएको बेला प्रमुख दलहरूको विवाद समाधान नभई झनै गहिरिँदा संसदीय संरचना, निर्वाचनको समयसूची र कानुनी वैधता एकैसाथ प्रश्नमा परेका छन्।

विश्लेषकहरूका अनुसार, वर्तमान अस्थिरतामा दलहरू समयमै निर्णयमा नपुग्ने हो भने आगामी राजनीतिक घटनाक्रम ‘अप्रत्याशित’ मोडतर्फ धकेलिन सक्ने खतरा बढ्दै गएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *