देश

सरकारले संरचनात्मक निर्माणमा बाँसको उपयोगलाई व्यवस्थित र प्राविधिक रूपमा मान्यता दिने

काठमाडौं। सरकारले संरचनात्मक निर्माणमा बाँसको उपयोगलाई व्यवस्थित र प्राविधिक रूपमा मान्यता दिने उद्देश्यसहित ‘बाँस संरचना डिजाइन मार्गदर्शन–२०८२’ स्वीकृत गरेको छ। उक्त मार्गदर्शन ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत गरेका हुन्।

नयाँ मार्गदर्शनले बाँसलाई वैकल्पिक निर्माण सामग्रीका रूपमा प्रयोग गरेर एक वा दुई तले आवासीय भवन, साथै साना व्यवसायिक तथा औद्योगिक संरचनाको इन्जिनियरिङ डिजाइन र निर्माण कार्यलाई संस्थागत गर्ने आधार प्रदान गरेको छ।

शहरी विकास मन्त्रालयले तयार पारेको मार्गदर्शन कार्यान्वयनमा गएसँगै, बाँस प्रयोग गरी हुने भवन निर्माणमा गुणस्तर सुनिश्चितता, प्राविधिक मापदण्ड र सुरक्षा व्यवस्थापन थप स्पष्ट हुने सरकारको अपेक्षा छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *