काठमाडौं । एक समय ‘हल्लाका भर’ र ‘आक्रामक विकल्प’को रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)आज राजनीतिक धरातलमा गम्भीर शून्यतातर्फ चिप्लँदै गएको चित्र छापिँदैछ। स्थापनाको केही वर्षमै थुप्रै प्रभावशाली नेताको पलायन, संगठनभित्रको अव्यवस्था र नेतृत्वप्रतिको तीव्र असन्तुष्टिले पार्टीलाई ‘फास्ट–राइज, फास्ट–फॉल’ मोडेलतर्फ धकेलिरहेको देखिन्छ। रास्वपाबाट स्वर्णीम बाग्ले र तोसिमा कार्की समेत पार्टी त्यागेर कांग्रेस प्रवेश गर्न लागेको समाचारहरु संचारमाध्यमहरुबा बाहिरिन थालेका छन् । रास्वपा काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन् ।
रास्वपामा समस्या केवल व्यक्तिको विद्रोह होइन—संस्थागत सोच, शैली र आन्तरिक लोकतन्त्रकै संकट बनेर फाटो झनै गहिरिँदै गएको तथ्यले पार्टीको भविष्यमा प्रश्नचिह्न कोरिदिएको छ। रास्वपा सभापति रवि रवि लामिछानेले आफ्ना पार्टीका पूर्वमहामन्त्री मुकुल ढकाललाई तत्कालीन समयमा पार्टीबाट बहिस्कार गरेपछि रास्वपाको खुटिकिलो दैनिक जस्तै गिर्दै गएको हो । उनले सुरुमैँ भनेका थिए,एक दिन रविको झोला बोकेर हिँडन् नसक्ने दिन आउँछ,त्यो दिन रविको पार्टी स्वतन्त्र होइन,नीजि कल्व बन्नेछ ।
रास्वपाबाट बाहिरिनेहरूको सूची लामै छ—सन्तोष परियारदेखि सुमना श्रेष्ठ, हरि भट्टदेखि डा. प्रभात अधिकारी, रमेश खरेलदेखि प्रदेश र जिल्ला तहका सयौँ नेता–कार्यकर्ता। समुना श्रेष्ठले पार्टी त्यागेपछि भन्दै आएकी छिन्,रविको सहकारी ठगीको स्क्रिप्ट सँधै भरी कानुन विपरित पढ्न सकिदैँन्,उनको प्रेसर दबाबमा टिक्न सकिदैँ,व्यक्तिगत स्वतन्त्रताका लागि मैँले पार्टी त्यागे । तर पार्टी नेतृत्वको प्रतिक्रिया छ,“जान चाहे जानु, एक जना जान्छन्–सय जना आइरहेका हुन्छन्।”
नेतृत्वको यही उदासीनता अहिले पार्टी संकटको मूल कारणका रूपमा देखिएको छ। पलायनलाई ‘स्वाभाविक प्रक्रिया’ ठान्ने प्रवृत्तिले संगठनभित्रको असन्तुलनलाई अझै ढाकछोप मात्र गरेको छ।
नेताहरू किन छाड्दैछन् पार्टी ?
नेता–कार्यकर्ताहरूका गुनासो एउटै विन्दुमा आएर टुङ्गिन्छ—रास्वपा पुरानै ढर्रामा चल्न थाल्यो। सहकारी काण्डमा गल्ति स्वीकार्न सकेन रास्वपाले, नत सभापति लामिछानेले । जेनजी आन्दोलनबाट भागेपछि सो आन्दोलनका क्रममा जेनजीहरुले नै सहकारी ठगीमा मुािछएका नेता प्रधानमन्त्री सपना नदेखे हुन्छ भनेका थिए । त्यसपछि लामिछाने कारागार पुनः फर्केका थिए । सभापति लामिछानेका नागरिकता पासपोर्ट,बहुविवाह,सालीग्राम बुढाँसैँनी आत्माहत्य प्रकरण जस्ता अनेकौँ मुद्धा छन्।रास्वपाका नेताहरुले उनका गल्तिीहरुमाथि ढाँकछोप गर्न खोजेकै हुन्,तर अन्नत विस्तारै रास्वपा रितिने रास्वपाकै नेता कार्यकर्ताहरुले सामाजिक संजालहरुमा अभिव्यक्ति दिइरहेका छन् ।
मिति सारिँदै मात्र गएको महाधिवेशन,नेतृत्वको निर्णयमा पारदर्शिताको अभाव,आलोचनाप्रति असहिष्णुता,व्यक्तिवाद, हाकिमवाद र आन्तरिक लोकतन्त्रको क्षय,नवप्रवाहको दाबी तर पुरानै शक्ति राजनीति व्यवहारका कारण रास्वपाको धरातल दिनदिनै खस्किदो छ । सन्तोष परियार र सुमना श्रेष्ठ दुवैले पार्टीलाई “नयाँ विचार बनाउन नसक्ने, समयको चिन्ता नगर्ने र आत्मालोचनाबाट भाग्ने संरचना”का रूपमा व्याख्या गरेका छन्।पार्टीभित्र दुई धार स्पष्ट छन्—महाधिवेशन गरौँ, नयाँ नेतृत्व आउन देऊ,महाधिवेशन सार्दै जाऊँ, अहिलेको नेतृत्व यथास्थितिमा राखौँ ।
रवि लामिछाने–निकट समूहले महाधिवेशन टारेको आलोचना खुलेरै उठ्दैछ। डॉ. तोसिमा कार्की र गणेश कार्की जस्ता केन्द्रीय सदस्यको असन्तुष्टि पनि यहीँ केन्द्रित छ।“समस्या छन् भने समाधान खोजौँ, जानेलाई दोष नलगाऔँ”—गणेश कार्कीको भनाइमा नेतृत्वको वास्तविक समस्या प्रस्टै झल्किन्छ।
रास्वपाको ‘नयाँ’ चरित्र—पुरानै प्रवृत्ति ?
रास्वपा उदाउँदा गरेको मुख्य दाबी थियो— “पुरानाभन्दा फरक अभ्यास।”तर बिहिन्यै दुई वर्षमा–दुई–दुई पटक प्रचण्ड सरकारमै सहभागी,मन्त्रालय र राजदूतको भागबन्डा खोज्ने प्रवृत्ति,नेतृत्वको मनपरी निर्णय,आलोचना गर्ने नेतामाथि ‘मिडिया ट्रायल’को आरोप—यी सबै व्यवहार पुरानै दलको नक्कलजस्तै बनेर देखिएका छन्।
यसैले विश्लेषकहरू भन्छन्—रास्वपा ‘बिकल्प’ होइन, ‘पुरानो राजनीतिका मोडिफाइड संस्करण’मा सिमित हुँदैछ।विश्लेषकहरूको चेतावनी ः लोकप्रियताको बलमा उठेको पार्टी, संगठन कमजोर भयो भने टिक्दैन राजनीतिक विश्लेषक भन्छन्—“रास्वपाको पृष्ठभूमि कमजोर, सिद्धान्त अस्पष्ट र निष्ठा कमजोर—यही कारणले पार्टी खिइँदै गएको हो।” रवि लामिछानेको लोकप्रियताले पार्टीलाई उठाएको थियो, तर विवाद, थुनुवा प्रक्रियादेखि नेतृत्व विवादसम्मका घटनाले पार्टीभित्रका कमजोरीलाई अझै उजागर गरिदिए।
रास्वपाबाट एकपछि अर्को नेता पलायन हुनु व्यक्तिगत निर्णय मात्र होइन—पार्टीभित्रको गहिरो संरचनागत अस्वस्थता हो। यदि नेतृत्वले अहिले पनि आत्मालोचना, पारदर्शिता र वैचारिक स्पष्टताको बाटो नअपनाए—रास्वपा विकल्पको आशा होइन, ।क्षणिक लोकप्रियताको उदाहरण बन्न पुग्नेछ।रास्वपाको मुख्य चुनौती अहिले जनतासँग होइन—आफ्नै घरभित्र छ।




