राजनीति

पार्टीका नयाँ नाम,पुरानै विचारमाथि पर्फिम छर्कदै विचारक

काठमाडौं । विगतमा तत्कालीन सरकारमा हुँदा प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रालयका मन्त्रालय सम्हालेर केही सकरात्मक परिवर्तन ल्याउन सफल भएका र सरकार विगठनपछि जनतालाई ठूला–ठूला आशा देखाउने विभिन्न पार्टीका नेताहरु अहिले जेन–जी बिद्रोहपछि नयाँ सिराकमा पुरानै खोल हालेर ओड्ने प्रयासमा छन् । जेनजी युवा पुस्ताहरुको आक्रमणपछि सडकमा उत्रिनेवित्तिकै दलभित्र र दलबीच पुनर्संरचना, एकता, विभाजन र ‘नयाँ पार्टी’को घोषणाले राजनीति फेरि पुरानै लयमा गुन्गुनाउन थालेको छ। नाम नयाँ, नारा नयाँ—तर विचार ? धेरैले प्रश्न छ – पुरानै पृष्ठभूमिमा नयाँ रङ कित्ताएर परिवर्तन सम्भव हुन्छ ? अहिले नयाँ पार्टीको नाममा एकता गरेका नेताहरुले विगतको भन्दा नयाँ एजेण्डाहरु र शैलीहरु खासै फेरेको जस्तो लाग्दैन्, गन्त्वयमा पुग्नकै लागि नयाँ विकल्पका रुपमा पुरानै पार्टीका नेताहरुबिच एकता र पुर्नगठन भएको छ ।

पार्टी एकताको केही समय नबित्दै नेताहरु एक अर्कामाथि आरोप प्रत्यारोपमा लाग्न थालेका छन्,साहेद निर्वाचन नजिक आएर निर्वाचन जित्ने रणनीति । विगतमा पनि यस्तै गतिविधीका कारण सत्ताबाट रोडमा पुग्नुप¥यो। अब बढी आरोप प्रत्यारोप भन्दा पनि देश र जनताका हितका विषयमा छलफल बहस चलाउन आवश्यक छ । विगतमा गरेका गल्तिीहरुलाई स्वीकार्दै नयाँ निर्माणमा लाग्नुपर्ने नागरिकको अपेक्षा छ ।

१, ‘आँखा’ चिह्नसहित प्रगतिशील लोकतान्त्रिक पार्टी नयाँ प्लेटफर्म, पुराना विवाद ?

जेन–जी आन्दोलनपछि आज नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार समूह एउटै मञ्चमा उभिएर प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएका छन्। ‘आँखा’ चिन्हसहित पार्टीले विकासको तीन तहको मोडेल अघि सार्दै आफैंलाई ‘व्यवहारिक विकल्प’का रूपमा प्रस्तुत गरेका छन् । तर आलोचकहरूको प्रश्न छ—पुरानै नेताहरूको नेतृत्वमा नयाँ पार्टीले कत्तिको नयाँ बाटो समात्न सक्छ ?

  • पहिलो तह – गाउँ आत्मनिर्भरता

स्थानीय स्रोत–साधन, सीप, पेशा र बजारलाई जोडेर गाउँमा आर्थिक सन्तुलन बनाउने योजना।
तर जमिन भएका नागरिकहरु भन्छन्, —बाँझो भूमि बढ़्दो छ, उत्पादन सहरसम्मै नपुगेर नष्ट हुन्छ, ग्रामीण सडक पूर्वाधार कमजोर छन्।पक्की बाटाहरु ग्रामिण क्षेत्रमा पुग्न सकेका छैनन्,सहरकेन्द्रीत विकास र सुविधाहरु बढी छन् । नागरिकहरु ग्रामिणवस्तीहरुबाट सुविधाकै लागि सहरमा आएर भाडामा बस्न बाध्य छन् । यी समस्या समाधानका लागि ठोस नीति छ कि फेरि चुनावी भाषण मात्र ?

  • दोस्रो तह – प्रविधि र ऊर्जा

डिजिटल पूर्वाधार, रोजगारी दिने, उद्योग, गुणस्तरीय ऊर्जा उत्पादन र निर्यात।
योजना महत्वाकांक्षी छ, तर यस्तो वाचा विगतमा पनि धेरै दलले गरेका थिए—कार्यान्वयन कति सम्भव ?

  • तेस्रो तह – औद्योगिकीकरण

नेपाललाई जलविद्युत, पर्यटन र वित्तीय सेवामा प्रतिस्पर्धी देश बनाउने लक्ष्य।
तर स्थायी नीति, राजनीतिक स्थिरता र निजी क्षेत्रमैत्री वातावरणबिना यो सम्भव छ ? के प्रगतिशील लोकतान्त्रिक पार्टीले नेपालको कृषि क्षेत्रलाई दक्षिण कोरियाली मोडला लैजान सक्ला ?

  • नेतृत्व संरचना

सामूहिक अध्यक्ष परिषद्, ओजस्वी भट्टराईदेखि दुर्गा सोवसम्म पाँच सदस्य,१५१ सदस्यीय समिति, तर शीर्ष पुरानै नेताहरू कार्यकारी भूमिकामा नबस्ने घोषणा।तर, संरचना भन्दा पनि जनताको प्रश्न छ—विचार नयाँ हो कि केवल पैकेजिङ ?

  • २, वामपन्थी दलहरूको व्यापक एकता : वैचारिक दिशातर्फ कि ‘पावर रिजफिङ’ ?

जेन–जी आन्दोलनको दबाबपछि माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० वाम दल मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन। मार्गदर्शन—मार्क्सवाद–लेनिनवाद र ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’।तर समसामयिक प्रश्न यही हो—एकता विचारका कारण हो कि अवसरवादी राजनीतिक जोगाड ? नेतृत्वमा फेरि पुरानै अनुहार। भूतपूर्व सत्ताका विवादयुक्त पात्रहरू पुनः शीर्ष तहमा विश्लेषकहरूको टिप्पणी छ,“नयाँ आशा होइन, पुरानो संरचनाको पुनः सेट–अप।”

यो एकता युवा मतदारको असन्तुष्टिलाई ‘व्यवस्थित’ गर्ने प्रयास कि वास्तविक परिवर्तनको चाहना ? उत्तर व्यवहारले मात्र दिन्छ।

  • ३, मधेसमा एकता र मोर्चाबन्दी : आन्दोलनको दिशातर्फ कि चुनावी अंकगणित ?

यस्तै मधेसका पहिचानवादी दलहरू—जसपा, लोसपा, राष्ट्रिय मुक्ति पार्टीलगायत—संघीय लोकतान्त्रिक मोर्चामा जुटेका छन्। तर जनमत पार्टी बाहिर छ, सिट बाँडफाँटमा विवाद कायम। विश्लेषकहरू भन्छन्—मधेसमा मोर्चाबन्दीहरू प्रायः चुनावी रणनीति मात्र रहने गरेका छन्, दीर्घकालीन नीति र जनकेंद्रित कार्यक्रम दुर्लभ। यदि एकता मधेसको पहिचान, अधिकार र विकासका सवालमा केन्द्रित हुन सके सकारात्मक, नत्र—यो पनि ‘मत–सम्प्रेषण’को गठबन्धन मात्र।

  • ४, जनमतका दुई प्रदेश प्रमुख नाउपा प्रवेश : मधेस राजनीतिमा नयाँ तरंग 

जनमत पार्टीका सुदूरपश्चिम प्रमुख प्रेमबहादुर चौधरी र कोशी प्रमुख बुद्धिराज न्यौपाने नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रवेश। रेशम चौधरीको स्वागतसहित यो कदमले मधेस राजनीति फेरि तरल बन्दै गएको संकेत दिन्छ। यो प्रवेश मधेसमा राजनीतिक ध्रुवीकरण तेज भएको नवीनतम उदाहरण।

  • ५, जसपा–नेपाल फेरि विभाजन : असन्तुष्ट नेताहरू नेकपा प्रवेशको घोषणा
  • 587827945_1418673363594072_1588783756151424389_n

अशोक राई नेतृत्वको जसपा नेपाल ६ नेताले छाडेर नेकपा प्रवेश गर्ने घोषणा गरेका छन् ।
कारण—कार्यकारिणी बैठक नबोलाइन्छ, निर्णय लटकाइन्छ, जेन–जी आन्दोलनपछि बन्ने नयाँ राजनीतिक स्वरूपमा पार्टी ‘सुस्त’।

उनहरूले राईलाई लेखेको पत्रमा चेतावनीजस्तै वाक्य— “६२्/६३ को उपलब्धि जोखिममा रहेकोले विचार नजिकसँग मिलेर अघि बढ्नैपर्ने”—दिएको देखिन्छ। यसले देखायो—जसपाभित्र आन्तरिक असन्तुष्टि गहिरिसकेको थियो। जेन–जी आन्दोलनले नेपालमा नयाँ राजनीतिक चेतना जगाएको छ। तर दलहरूले देखाएको चहल–पहलको सारभूत प्रश्न एकै हो— विचारको रूपान्तरण हो कि केवल ‘पार्टी–रीब्रान्डिङ’ ? जनताको मुद्दा प्राथमिकतामा पर्छ कि शक्तिसमीकरण ? अन्ततः परफिम छ्यापिएको पुरानो विचार’ जनताले चिन्न नसक्लान् भन्ने धारणा दलहरूमा हुन सक्छ, तर युवा पुस्ता अब सुगन्ध होइन—सत्य खोज्दैछ। यदि नयाँ नामले पुरानै अभ्यासलाई ढाक्ने कोशिश गर्‍यो भने— जनताको अदालतले फेरि फैसला गरिदिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *