राजनीति

प्रगतिशील लोकतान्त्रिक पार्टीको राजनीतिक प्रतिबद्धतामा विकासका तीन मोडेल,आर्थिक क्रान्ति ल्याउन लागेकै हो त ?

काठमाडौं । जेनजी आन्दोलनपछि राजनीतिक दलहरूबीच बढ्दो विभाजनकाबीच नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार समूह एउटै प्लेटफर्ममा आएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका छन् । आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित एकता घोषणाले नयाँ पार्टी औपचारिक रूपमा जन्मिएको हो। पार्टीले ‘आँखा’ संकेत चिह्न कायम गरेको छ। घोषणा कार्यक्रममा नेता जनार्दन शर्माले पार्टीको राजनीतिक प्रतिबद्धतामा विकासका तीन मोडल अघि सारेका छन् ।

गाउँ आत्मनिर्भरता : विकास मोडेलको पहिलो तह : पार्टीले विकासको आधार गाउँको आर्थिक वासलात सन्तुलन राख्नु रहेको बताएको छ।
यस तहमा—हरेक गाउँपालिका र नगरपालिकाले स्थानीय उत्पादन र उपभोग बराबर राख्ने,बाहिरबाट आयात गर्ने भन्दा कम्तीमा बराबर उत्पादन गर्ने, स्थानीय स्रोत–साधन, परम्परागत सीप, पेशागत ज्ञान र सम्भावित बजार अवसरलाई प्रयोग गर्दै सानातथा मझौला व्यवसायमा जनताको सहभागिता बढाउने योजना छ। पार्टीका अनुसार, यस्तो मोडेल लागू हुन सके गाउँ आत्मनिर्भर र आर्थिक रूपमा स्थिर बन्छ।

२ : प्रविधि र ऊर्जा : दोस्रो तह

दोस्रो तहमा पार्टीले आइटी र सञ्चार पूर्वाधारमा ठूलो लगानी गर्ने घोषणा गरेको छ।
यस अन्तर्गत—पाँचौ र छैटौं पुस्ताका डिजिटल पूर्वाधार,युवालाई रोजगारी दिने आइटी उद्योगको विकास,ऊर्जा क्षेत्रमा गुणस्तरीय उत्पादन र स्थिर आपूर्ति,नेपालको निर्यात आम्दानीमा प्रविधि क्षेत्रबाट उल्लेखनीय योगदान जस्ता लक्ष्यहरू राखिएका छन्।

३— औद्योगिकीकरण :तेस्रो तह

तेस्रो तहमा नेपाललाई प्रतिस्पर्धी ढंगले औद्योगिक राष्ट्र बनाउने योजना अघि सारिएको छ। नेपालको भौगोलिक अवस्था, छिमेकी मुलुकको तीव्र औद्योगिक वृद्धिदर र विश्व अर्थतन्त्रको एकीकृत स्वरूपलाई ध्यानमा राख्दै—तुलनात्मक लाभ भएका क्षेत्रलाई प्राथमिकता,विशेषगरी आइटी, जलविद्युत, पर्यटन र वित्तीय सेवा, वैश्विक बजारसँग जोडिने नीति अपनाइने उल्लेख गरिएको छ।

ग्रामीण समस्या : पार्टीले सम्बोधन गर्ने कि पुनः पुरानै भाषण?

ग्रामीण भेगमा— उत्पादनयोग्य जमिन बाँझो बन्दै जाएको छ ,स्थानीय उत्पादन सहरसम्म नपुगेर नष्ट ,पक्की मार्गको अभाव,बजार पहुँच नहुनु जस्ता समस्या अझै गहिरिँदै छन्। स्थानीयहरुले प्रश्न गरिरहेका छन्, “शहर जस्तै विकास कहिले आउला ?” भन्ने प्रश्नहरू आज पनि यथावत छन्। नागरिकहरुले नयाँ पार्टी गठन गर्नेहरुमा प्रश्नहरु सोधिरहेका छन्— नेताहरूले यो एजेन्डा वास्तविक किसान र ग्रामीण जनताको जीवनस्तर उकास्नै अघि सारेका हुन्, कि चुनावी गणितका लागि पुनः आकर्षक नारा मात्र हो ? यसको जवाफ, उनीहरू भन्छन्—“समयले नै दिनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *