विराटनगर । नेकपा (एमाले) का नेता महेश बस्नेतमाथि आज (आइतबार) बिहान विराटनगर विमानस्थलमा दुर्व्यवहारको प्रयास भएको छ।
बस्नेतलाई रातो रङ भरिएको बेलुनको लोला हानेर दुर्व्यवहार गर्न खोज्ने २ जनालाई प्रहरीले तत्काल पक्राउ गरेको छ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–२ बस्ने १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम पक्राउ परेका हुन्। उनीहरूलाई वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी अनमोल खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो। त्यस क्रममा दुवै युवाले बस्नेतविरुद्ध नाराबाजी गरेका थिए।




