राजनीति

ओलीको आरोप: सरकार असंवैधानिक, सुशासनका नाममा घृणा बढाउँदै

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निः वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशासनको नाममा मुलुकमा घृणा र द्वेष फैल्याउने काम गरिरहेको आरोप लगाएका छन् ।

शनिवार पार्टीद्वारा काठमाडौँमा आयोजित जनप्रदर्शन तथा जनसभा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले वर्तमान सरकारले काम गर्न नसकेको र भ्रष्टाचारमा चुर्लुम्म डुबेको जिकिर समेत गरे । उनले सरकारले जेनजीको नाममा केहीलाई बोलाएर सामाजिक अराजकता निम्त्याउने काम गरिरहेको समेत बताए ।

अध्यक्ष ओलीले भने ‘काम गर्न नसक्ने भ्रष्टाचारमा लसक्क डुबेको यो सरकार नक्कली सरकार, यो सरकारले जेनजीका नाममा केही मानिसहरूलाई बोलाएर आफैँले तयार गरेका मागहरू प्रस्तुत गर्न लगाएर, आफैँले आफ्नो विरोध गर्ने आफूलाई दबाब दिने वातावरणका लागि तालिम लिएर मान्छे बोलाएर सुशासनका नाममा घृणा र द्वेष फैलाउने काम गरिरहेको छ ।’

अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले त्यसको विरोध गर्नुपरेको पनि बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *