देश

सिंहदरबारमा सुरक्षा परिषद् बैठक सुरू

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् बैठक सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा जारी छ। प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले बैठक सुरु भएको जानकारी दिएको छ।

बैठक बाराको सिमरामा उत्पन्न परिस्थितिबारे छलफल गर्न बोलाइएको हो।यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो।

सिमरामा बुधबार जेनजीका युवाहरूले विमानस्थलमा तोडफोड गरेका थिए। एमाले नेताहरू त्यहाँ जाने भएपछि विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनीसमेत गरेका थिए, जसका कारण स्थिति तनावग्रस्त बनेको थियो।

बुधबार साँझ ८ बजेसम्म कर्फ्यू लागू गरिएको थियो। आज पनि अवस्था तनावग्रस्त देखिएपछि त्यहाँ पुनः कर्फ्यू लगाइएको छ। उक्त घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण गर्दै शान्ति र सुरक्षा मजबुत बनाउन आग्रह गरेको छ।

सिंहदरबारमा सुरु भएको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, अर्थमन्त्री रामेश्वर खनाललगायत सहभागी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *