राजनीति

जेनजी गठबन्धनले बुझाए राष्ट्रपतिलाई ज्ञापनपत्र , देशमा सुशासन कायम गर्न नसके प्रधानमन्त्रीलाई फिर्ता बोलाउन प्रस्ताव

काठमाडौं । देशभरका २३ जेनजी समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै सरकारको कामशैलीप्रति कडा असन्तुष्टि जनाएका छन्। उनीहरूले सुशीला कार्की नेतृत्वको सरकार चुनाव–मुखी मात्र बनेको, तर विद्रोहका मूल मुद्दा– भ्रष्टाचार, न्याय र संरचनात्मक परिवर्तन बेवास्ता भएको आरोप लगाएका छन्।

सरकारप्रति तीव्र असन्तुष्टि स् “विद्रोह चुनावका लागि होइन”

समूहहरूले बुझाएको ज्ञापनपत्रमा सबभन्दा प्रस्ट रूपमा देखिएको कुरा हो—
जेनजी विद्रोहको लक्ष्य चुनाव नभई प्रणालीगत सुधार थियो।

ज्ञापनपत्रमा भनिएको छ,“यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनका लागि मात्रै भएको थिएन। घाइते, सहिद परिवार र २३ एलायन्सका माग तत्काल सम्बोधन गर्नुपर्छ।”उनीहरूले सरकार दिशाहीन बनेको र माग सम्बोधन गर्न असफल भए प्रधानमन्त्रीलाई फिर्ता बोलाउने विकल्पसम्म चिन्छिने चेतावनी दिएका छन्।

मुख्य गुनासो :

‘ठूला भ्रष्टाचारी सुरक्षित, सरकार व्यस्त चुनावमा’

ज्ञापनपत्रका अनुसार जेनजी समूहहरूको मुख्य आलोचना  यस्ता :

प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन अझै थाति, ठूला भ्रष्टाचार प्रकरणमा कारबाही शून्य,विद्रोहमा घाइते र प्रभावित परिवारका माग बेवास्ता, सरकार चुनाव तयारीमा मात्रै केन्द्रित। समूहका प्रतिनिधिहरूका अनुसार, सरकार अहिले लक्षणमा काम गरिरहेको छ, रोगमा होइन।

राष्ट्रपतिसमक्ष प्रस्तुत समूह

ज्ञापनपत्र बुझाउने प्रमुख जेनजी समूहहरू :

जेनजी नेशनल फ्रन्ट लाइनर

जेनजी स्पार्क

एनटेक जेनजी

ऋणी एसोसिएसन

जेनजी वाई युनाइटेड
लगायत २३ संगठन।

यी समूहहरूले आफूहरू सड़कमाथि खडा भएको विद्रोहका संवेदनशील मागहरूसँग प्रत्यक्ष रूपमा जोडिएका छन्। राष्ट्रपतिलाई एउटै स्वरमा प्रस्तुत २३ समूहको चेतावनी केवल असन्तुष्टि मात्र होइन—यो सरकारमाथिको विश्वास खस्कँदै गएको गम्भीर सन्देश पनि हो। विश्लेषकहरू भन्छन्— यदि जेनजी समूहको माग बेवास्ता रह्यो भने राजनीतिक अस्थिरता गहिरिन सक्छ, चुनाव–मुखी भएकै आरोपमा रहेको सरकारमाथि थप दबाब पर्न सक्छ, सडक आन्दोलन पुनः तीव्र हुने सम्भावना उच्च छ।

unnamed

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *