देश

कांग्रेस एकताका लागि संस्थापन र संस्थानपनइतर समुहको तयारी किन ढिलो ?

काठमाडौं । देशको सबैभन्दा पुरानो र लोकतान्त्रि मुल्यमान्यताको स्थापना गर्न सक्षम नेपाली कांग्रेस पार्टीले एकताको विषय नै मुलमन्त्र बनाउँदै आएको निकै लोमा समय भए पनि अहिले एकताका लागि गरिने क्रियाकलापका बारेमा कुनै पनि तयारी नगरेको देखिएको छ । अहिले पार्टी एकताको आवश्यकता नै उत्तम विकल्प भएको पार्टीभित्र बहस जारी छ । तर निर्णय प्रक्रियामा कहिले कांग्रेसले गतिविधि अगाडी बढाउला ?

कांग्रेस सभापति देउवाले जेनजी आन्दोलनअघि देखि नै एकलबहुमत ल्याउन र पाँच वर्षका लागि दिगो सरकार संचालनका लागि ,देशको शुसासन,राष्ट्रिय एकता, सार्वभौम सत्ता , संविधानको रक्षा , शान्ति स्थापना,छिमेकी देशहरुबीचको सम्बन्ध सुधार देशमा तिव्रता विकास,तथा नागरिकहरुको सामाजिक आर्थिक अवस्था सुधारका लागि पार्टी एकता गर्न अपरिहार्य रहेको बताउँदै आएका छन् । तर अहिलेसम्म सो विषयमा प्रक्रिया अगाडी बढ्न सकेको छैन् । जेनजी आनदोलनपछि पनि सभापति देउवालो अब कांग्रेस एक हुनुको कुनै विकल्प नभएको भन्दै समयमा नै पार्टी एकताका लागि पहल गर्न आवश्यकता रहेको समेत बताउदै आएका छन् । कांग्रेस संस्थापनइतर समुहका बरिष्टठ नेता डा . शेखर कोईरालालले समेत अब सभापति देउवाको सुझावलाई नमान्नुको विकल्प नरहेको बताउँदै आएका छन् । त्यसपछि कांग्रेस महामन्त्रीले पनि पार्टी एकता अहिलेको आवश्यकता रहेको बताउँदैछन् ।

तर पार्टी एकताका विषयमा कांग्रेसका दुई समुहबिच सहमति किन जुट्न सकिरहेकाे छैन्? अहिले कांग्रेस विशेष महाधिवेशन र नियमति अधिवेशनको विवादमा रुमलिएको छ । महाधिवेशनको टुङ्गो लगाउन नसक्दा कांग्रेसको चौतर्फी आलोचना भोग्नु परेको छ । विवाद मिलाउने र पार्टीलाई विश्वसनीय बनाउने विषयमा सभापति देउवा,का.वा सभापति पूर्णबहादुर खड्का लगायतको नेतृत्वले सक्रियता बढाएको छ । तर ठोस निर्णय कहिले निस्कने हो ? नागरिक समाज,पाटीका नेता,कार्यकर्ताहरुले बाटो हेरेर बसेका छन् ।

नेपाली कांग्रेसको एकता नहुँदा पार्टीभित्र तिव्र असन्तुष्टि र थप गुटबन्दी मौलाउँदै गएको छ । कांग्रेस देशको सबैभन्दा पुरानो र विश्वासिलो लोकतन्त्रको मर्म र धर्मलाई मान्न सक्ने भएर पनि अहिले कुनै पनि निर्वाचनमा गठबन्धन नगरी निर्वाचनमा जान सकेको छैन र एकल बहुमतको सरकार समेत गठन गर्न सकेको छैन् । सो कारण अहिले पार्टीभित्रको गुट र उपगुटलाई तोडेर एकताको अभियानलाई लिएर सम्झौतामा हस्ताक्षर गर्न ढिला गर्नु नहुने राजनीतिक विज्ञहरुको सुझाव छ ।

कांग्रेसभित्र दुई समुहहुँदा अन्य पार्टीले र जनता नेता तथा कार्यकर्ताहरुले समेत खुलेर कुरा उठाउँदै आएका छन् । एक घरमा बस्ने अनि फरक फरक बाटो र धारणबाट अघि बड्दा कांग्रेसलाई अन्य पार्टीले कम्जोर महुुस गरेको प्रष्टै देखिन्छ । विगतमा निर्वाचनमा समेत नेपाली कांग्रेसको साइज र परिणाम ठूलो थियो तर एकल बहुमतको अभावले कांग्रेसले मात्र सरकार संचालनमा प्रवेश गर्न नसक्दा एमालेसँगको नेतृत्व ,कहिले त्तत्कालीन माओवादी अध्यक्ष प्रचण्डसँगको नेतृत्वमा सरकार गठन गरेर अरुले गरेको गल्तिको सजाय कांग्रेसले भोग्नुपरेको प्रष्टै छ। त्यसैले अब पार्टी एकता र साझा धारणा बनाएर अघि बढ्नुको कांग्रेसको विकल्प छैन् ।

 

कांग्रेस अहिले शब्दमा एकताको कुरा गर्ने तर व्यवहारमा द्वन्द्व गहिर्याउँदै लैजाने विरोधाभासको घेराले जकडिएको छ। संगठन बिखण्डित छ, निर्णय–प्रक्रिया अवरुद्ध छ, र नेतृत्वको स्पष्ट दिशाहीनताले महाधिवेशनको विवादलाई राजनीतिक संकटमा रूपान्तरण गरिदिएको छ।

सभापति शेरबहादुर देउवाले वर्षौँदेखि पार्टी एकताको आवश्यकता दोहोर्याउँदै आए पनि गुटीय स्वार्थ र रणनीतिक अस्थिरताका कारण एकता प्रक्रिया कागजमै अड्किएको छ। डा. शेखर कोइरालाले पनि ‘देउवाको आह्वान मान्नै पर्ने समय आएको’ भन्दै एकताको वकालत गरे तर नेतृत्वको ढिलासुस्तीले पार्टीभित्र अविश्वास झन् बढाएको छ।

कांग्रेसको आन्तरिक सङ्कट महाधिवेशनको मिति टुंगिनै नसक्दा चुलिएको हो। कांग्रेस संस्थापन पक्षले चुनाव नजिक भएकाले महाधिवेशन अहिले गर्न नसकिने दाबी गरेको छ भने संस्थापन इतर पक्षले महाधिवेशन टारे पार्टी कमजोर र विभाजनमुखी हुने धारणा सार्वजनि गरिरहेका छन् ।

महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले ५४प्रतिशत प्रतिनिधि सङ्ख्यासहित विशेष महाधिवेशन दर्ता गरिसकेका छन्। उनीहरूको आरोप स्पष्ट छ—“नेतृत्व महाधिवेशनबाट बच्न प्रयोग भइरहेको छ, सुधार टार्न खोजिएको छ।”

महाधिवेशन कहिले गर्ने भन्ने यति सामान्य विषयमा नै पार्टीले सहमति निकाल्न नसक्नु नेतृत्वको कमजोरी मात्र होइन, संस्थागत संरचना नै कमजोर भएको संकेत हो। एक पक्षले देउवाको तर्कलाई समर्थन गर्छ, अर्कोतर्फ शेखर, गगन र शर्माको समूह ‘पार्टी अब पुरानै ढर्रामा नचल्ने’ भन्दै सुधारका लागि दबाब बढाइरहेको छ।

जेनजी आन्दोलनपछि बदलिएको मनोविज्ञान

जेनजी आन्दोलनले परम्परागत नेतृत्वमाथिको जनआस्था हल्लाइदिएको छ। यही बदलिएको जनधारणा गगन–विश्वप्रकाश समूहको अडानमा स्पष्ट देखिन्छ— “पहिले सुधार, पछि चुनाव।” यही धारणा संस्थापन पक्षलाई असजिलो बनाएको छ, जसका कारण दुवै समूह एकताबाट भन्दा शक्ति–सन्तुलनबाट प्रेरित देखिन्छन्।

आज कांग्रेसमा सबभन्दा ठूलो कमी विचारधारा होइन, इच्छाशक्ति हो। संगठन सुधार, नेतृत्व परिवर्तन, जिम्मेवारीको स्पष्टता र निर्णयको पारदर्शिता—यी चार आधारभूत विषयमा पार्टी अगाडि बढ्न असफल हुँदै गएको छ । महाधिवेशनको मिति, नेतृत्वको उत्तरदायित्व, र गुटीय स्वार्थको अन्त्यबारे स्पष्ट रोडम्याप नभएसम्म कांग्रेसको एकता केवल राजनीतिक नारा मात्र भएर बस्नेछ।

नेताहरूले ‘पार्टी फुट्दैन’ भन्छन्, तर निर्णय हेर्दा पार्टी फुट्ने वातावरण आफैमाथि आफैले बनाइरहेको देखिन्छ।
कांग्रेसले यदि समयमै आन्तरिक समाधान निकाल्न नसक्यो भने, निर्वाचन मात्र होइन, जनआस्थामा समेत ठूलो मूल्य चुकाउनुपर्ने देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *