देश

दुर्गा प्रसाईंको गिरफ्तारीप्रति मानव अधिकार आयोगको चासो, प्रशासन अगाडी प्रसाईंका समर्थक प्रदर्शनमा

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई सोमबार राति पक्राउ गरिएको घटनापछि राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं प्रहरी परिसरमा पुगेर अनुगमन गरेको छ। आयोगको टोलीले प्रहरी नियन्त्रणमा रहेका प्रसाईंको अवस्थाबारे जानकारी लिँदै सम्बन्धित अधिकारीहरूसँग पनि भेटवार्ता गरेको आयोगले जनाएको छ।

प्रसाईंलाई राति करिब १२स्३० बजे भक्तपुरको सानोठिमीस्थित निवासबाट पक्राउ गरी सार्वजनिक शान्ति तथा सुरक्षा विपरीत गतिविधि सम्बन्धी अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसर भद्रकालीमा राखिएको छ। आयोगले प्राप्त जानकारीअनुसार उनीमाथि कानुनी प्रक्रिया अनुसार थुनुवा पुर्जी थमाइएकामा स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरिएको छ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विचार तथा अभिव्यक्तिको कारणले मात्र कसैलाई पक्राउ गर्नु मानव अधिकार विपरीत हुन्छ। राज्यले लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्दै संवैधानिक अधिकारको संरक्षण गर्नुपर्छ।”

यसै क्रममा आयोगले चुनावी माहोल संवेदनशील रहेको भन्दै शान्ति–सुरक्षा कायम राख्न राज्य, राजनीतिक दल, अभियन्ता तथा सर्वसाधारण सबैको साझा जिम्मेवारी रहेको चेतावनी दिएको छ। प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा देशको शान्ति–सुरक्षामा असर पुग्ने अभिव्यक्ति वा गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गरिएको छ।

प्रसाईंलाई म्याद थपका लागि मङ्गलबार जिल्ला प्रशासन कार्यालय ९सीडीओ कार्यालय० काठमाडौँ लैजाँदै गर्दा उनका समर्थकले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। समर्थकहरू ‘प्रसाईंको रिहाइ’ लगायतका माग राख्दै प्रशासन कार्यालय अगाडि भिड बढाएका थिए।

प्रहरीले भने प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ। प्रसाईं पक्राउपछि सुरक्षा व्यवस्था उपत्यकामा कडा पारिएको छ भने समर्थक तथा नागरिक बचाउ दलले थप आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

दुर्गा प्रसाईलाई बिना शर्त रिहा गर्न राप्रपाको माग

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *