देश

वडा अध्यक्षको हत्या गर्ने प्रहरी जवानसहित दुई जना पक्राउ

 

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडा अध्यक्ष बिन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

बिदामा आएका एक प्रहरी जवानले नै स्वतन्त्रबाट निर्वाचित वडा अध्यक्षको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ । वडा अध्यक्ष यादवलाई गाउँकै प्रहरी जवान सम्भु यादवले गोली हानेर हत्या गरेको र उनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका शम्भु यादव धनुषा प्रहरीमा कार्यरत छन् । उनी बिदामा गाउँ आएका बेला आपसी विवाद हुदा गोली चलाएको बताइएको छ । घटनापछि प्रहरीले शम्भुसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *