काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डलका १० मध्ये ८ मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुई मन्त्रीले भने अझै विवरण बुझाउन बाँकी छ।
जेन–जी आन्दोलनको दबाबपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन्। त्यसपछि भदौ ३०,असोज६, कार्तिक ९ गते उनले पूर्वअर्थसचिव रामेश्वर खनाल, पूर्व प्रबन्धनिर्देशक (विद्युत् प्राधिकरण) कुलमान घिसिङ, अधिवक्ता ओमप्रकाश अर्याल, निलकुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार, बब्लु गुप्ता, जगदीश खरेल र सुधा गौतमलाई मन्त्री नियुक्त गरेकी थिइन्।
यसमध्ये जगदीश खरेल र सुधा गौतमले मात्रै अझै सम्पत्ति विवरण नबुझाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।




