मधेश प्रदेश

नवनियुक्त मधेश प्रदेश प्रमुख कर्णले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ । मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति कार्यालयको शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरेका साथै संवैधानिक अंगका प्रमुख,तथा उच्च पदस्थ कर्मचारी र कूटनीतिक नियोगका प्रमुखको उपस्थिति थियो ।सरकारले मधेश प्रदेश प्रमुख सुमित्र सुवेदी भण्डारीलाई पदमुक्त गर्दै कर्णलाई नियुक्तिका लागि सोमबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सरकारको सिफारिस अनुसार राष्ट्रपति पौडेलले भण्डारीलाई पदमुक्त गर्दै कर्णलाई मधेश प्रदेशको प्रमुख पदमा नियुक्त गरेका हुन्। नियुक्ति लगत्तै कर्णले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *