मधेश प्रदेश

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त, सुरेन्द्र लाभको नाम सिफारिस

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलका अनुसार, मधेशमा भएको पछिल्लो घटनाक्रमका आधारमा प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरिएको हो।

प्रदेश प्रमुख भण्डारी केही दिनअघि अस्वस्थता देखाउँदै काठमाडौं प्रस्थान गर्ने तयारी गरेकी थिइन्।
तर कात्तिक २३ गते होटल पानसमा एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने पत्र दिएकी र सोही ठाउँमा शपथ ग्रहण गराएकी घटनाले चौतर्फी आलोचना निम्त्याएको थियो।

प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का नेता जितेन्द्र सोनलले भण्डारीको कार्यलाई प्रदेशको अस्मिता कमजोर पार्ने खेल भएको आरोप लगाएका थिए। त्यसैगरी, प्रदेश सांसद र दलका कार्यकर्ताहरूले प्रदेश प्रमुखको निवास र मुख्यमन्त्री कार्यकक्षमा तोडफोड समेत गरेको घटनापछि विवाद थप उग्र बनेको थियो।

सुरेन्द्र लाभलाई नयाँ प्रदेश प्रमुखको सिफारिस

सौगत स्वरूप, सरकारले सुरेन्द्र लाभलाई मधेश प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति समक्ष सिफारिस प्रक्रिया पुरा गर्ने निर्णय लिएको प्रवक्ता खरेलले जानकारी दिएका छन्।

प्रदेश प्रमुख भण्डारीको विवादास्पद नियुक्ति र त्यसपछिका घटनाले मधेश प्रदेशको राजनीतिक वातावरण अस्थिर बनाएको थियो। सरकारले नयाँ नियुक्तिका माध्यमबाट प्रदेशको स्थिरता र प्रशासनिक कार्यसञ्चालन सुनिश्चित गर्ने प्रयास गरेको बुझिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *