देश

सुदन गुरुङको साँढे गोरु शैलीले सरकार र कर्मचारी नै दिक्क !

काठमाडौं । जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङका कारण प्रधानमन्त्री कार्यालय र सिंहदरवारमा कर्मचारीदेखि मन्त्रीसम्म तनावमा छन् । सुदनले कहिले आफैं, कहिले आफ्ना प्रतिनिधि अनिल बानियाँ मार्फत सरकारी नियुक्ति र मन्त्रालयसम्बन्धी निर्णयमा दबाब दिने गरेका छन्।

स्रोतका अनुसार, सुदनले प्रधानमन्त्री सुशीला कार्कीलाई मन्त्रीको नियुक्ति आफ्नो सुझाव अनुसार हुनुपर्ने दवाव दिँदै आएका छन्। गत साता मात्र उनले भावना राउतको नाम उठाएपछि, सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि प्रधानमन्त्रीसँग सुदन घनघोर रिसाएका थिए।

प्रधानमन्त्रीले सल्लाहका आधारमा निर्णय भएको बताउँदै मत्थर पार्ने प्रयास गरेपनि सुदनले आफ्ना प्रतिनिधि टोलीमार्फत विभिन्न मन्त्रालयका कर्मचारी र सचिवहरूमाथि दबाब जारी राखेका छन्। कात्तिक ११ गते उनले मुख्यसचिव एकनारायण अर्यालसँग भेट्न अनिल बानियाँसहित पाँच जनालाई पठाएर एक घण्टासम्म छलफल गरेका थिए।

सुदनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको नियुक्तिमा आफ्नो प्रभाव जमाउन खोजेको देखिन्छ। उनी आफ्ना निकट सहयोगी र सुदूरपश्चिमका जेनजीलाई प्रयोग गर्दै मन्त्रालयसम्बन्धी निर्णयमा हस्तक्षेप गर्दै आएका छन्। त्यस क्रममा, सार्वजनिक भएको एउटा भिडियोमा सुदनको आक्रोश झल्किएको थियो।

स्रोतले भने अनुसार, सुदनले आफ्नो संस्थाको विदेशी अनुदानसम्बन्धी विवादलाई दबाउन महिला मन्त्रालयमा आफ्नो भरोसाप्राप्त सचिव चाहेको बताएका छन्। समाजकल्याण परिषद्ले हामी नेपाल संस्थाले ल्याएको रकमको विवरण आन्तरिक रूपमा छानबिन गरिरहेको छ।

महिला मन्त्रालयका कर्मचारीहरू सुदन र अनिल बानियाँको दबाबबाट वाक्क भएर मुख्यसचिवसँग गुनासो गर्न पुगेका थिए। गृह मन्त्रालयको अध्यागमन विभागसँग पनि सुदनको टकराव देखिएको छ। स्रोतले बताएअनुसार, सुदनले आफ्ना टिमलाई भनेका छन्, “मन्त्री र सचिवले सहयोग गर्छन् कि गर्दैनन्, विवरण संकलन गरौं, म प्रधानमन्त्रीसँग फाइनल कुरा गर्छु।”

मुख्यसचिवले भने सकेसम्म समन्वय कायम राख्दै विवाद नबढाउने नीति लिएको बताइएको छ। तर हरेक मन्त्रालय र विभागबाट सुदनका गतिविधि सम्बन्धी गुनासो बढ्दै गएपछि, सरकारी उच्चस्तरमा समेत यस विषयमा छलफल भएको स्रोतले जनाएको छ।

हामी नेपाल संस्थाको संयोजकका रुपमा रातो ज्याकेट लगाएर नसालु मुद्रामा गत २०८२/२४ गतेको जेनजीको विध्वंशात्मक आन्दोलनमा स्वयमसेवक भन्दै पानी बाँड्दै हिंडेका गुरुङ एक्कासी मन्त्रीपरिषद बैठकमा पुगे । उनले आफ्नो नेतृत्वमा मन्त्रीहरु छनोट गर्न गृहमन्त्री र प्रधानमन्त्री सुशिला कार्कीलाई दबाब दिर्दै आएका थिए । अहिले पनि उनले बारम्बार सरकारमा मन्त्री बनाउन आफ्ना मान्छेहरु पठाउने र नियुक्ति नगरे सरकार ढाल्नेसम्मको चेतावनी सामाजिक संजालमार्फत दिइरहेका छन् । उनको नागरिकता समेत विवादमा छ ।

तर अहिलेसम्म सम्बन्धीत निकायले किन छानबिन गर्दैन भन्ने विषयमा चौतर्फी आलोचना भएको छ । गु्रुङ काठमाडौं महानगरपालिकाका मेयर बालेनसँगको सम्बन्ध राम्रो भएको भन्दै उनकै इसारामा चल्न थालेको स्रोतको भनाइ छ । अहिले मेयर बालेन र सुदन गुरुङ नसामा झ्याप मुद्रामा सामाजिक संचालका क्ल्पिहरुमा देखिन्छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *