काठमाडौँ ।नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले पार्टी समयमै महाधिवेशन सम्पन्न गराउन दबाब दिने उद्देश्यले भेला आयोजना गरेको छ।
भत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरु भएको भेलामा वडादेखि केन्द्रसम्म सातै तहका प्रतिनिधिहरू सहभागी छन्।
भक्तपुर सभापति दुर्लभ थापाको अध्यक्षतामा सुरु भएको भेलामा कोशी प्रदेश सभापति उद्धव थापा, महामन्त्री भुपेन्द्र राई, मुगु सभापति ऐन बहादुर शाही, ओखलढुंगा सभापति तेजेन्द्र खनाल, म्याग्दी सभापति खम बहादुर खर्वुजा, अछाम सभापति पुष्प बहादुर शाह लगायत ठूलो संख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ।
भेला नियमित महाधिवेशनको समय निर्धारण र पार्टी संगठन सुदृढीकरणमा केन्द्रित रहेको बताइएको छ।



