राजनीति

बालुवाटारमा प्रधानमन्त्री कार्की र संसद् नेतृत्वबीच समसामयिक छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र संघीय संसद्का दुवै सदनका शीर्ष पदाधिकारीबीच सोमबार बालुवाटारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवासमा भएको उक्त भेटमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसद् महासचिव पदमप्रसाद पाण्डे तथा सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे सहभागी थिए।

प्रधानमन्त्री कार्की र संसद् नेतृत्वबीचको उक्त भेटमा संसद् सञ्चालन, आगामी अधिवेशनको तयारी तथा अन्य समसामयिक राजनीतिक विषयमा विचार–विमर्श गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

स्रोतका अनुसार बैठकलाई सरकार र संसद् बीचको समन्वय सुदृढ गर्ने अवसरका रूपमा लिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *